जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५ सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला १ लाख ४६ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४८ हजार एक सय कायम भएको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार चार सय निर्धारण भएको छ । यससँगै यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

मध्यपूर्वमा बढ्दो तनावका बीच साताको सुरुका दिनमा बढेको मूल्य साताको बीचका केही दिन घटेर पछिल्ला दिनमा फेरि बढ्यो । अमेरिकी श्रम बजारमा देखिएको सुधार, अमेरिकी डलरको मजबुती जस्ता कारणले सुनको मूल्य कम गर्न सहयोग पुगेको विश्लेषकहरुले बताएका छन् ।

नेपाली बजारमा पनि यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्‍यो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २८ हजार ३ सय ४५ रुपैयाँ रहेको सुनको मूल्य साताको दोस्रो दिन सोमबार हालसम्मकै उच्च अर्थात प्रति १० ग्राम १ लाख २८ हजार ६ सय रुपैयाँ पुग्यो ।

त्यसपछिका दिन ओरालो लागेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार फेरि बढेर प्रति १० ग्राम १ लाख २६ हजार ९ सय ७० रुपैयाँ कायम भयो । यो मूल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ३ सय ७५ रुपैयाँ बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५ सय ३० रुपैयाँ रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ४ सय ८३ रुपैयाँ कायम भएको छ ।

यसैबीच चाँदीको मूल्य तोलामा ४० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार ६ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ३० निर्धारण भएको छ ।

280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका