जोडिनुहोस
शनिबार, अशोज ५, २०८१
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • खराब कर्जा बढेपछि एनआईसी एशिया लघुवित्तको नाफा घट्यो 

खराब कर्जा बढेपछि एनआईसी एशिया लघुवित्तको नाफा घट्यो 

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण शुक्रबार प्रकाशित गरेको छ । 

प्रकाशित वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनीले १२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने कम्पनीले १८ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.८२ प्रतिशत कम हो। 

समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ६.२७ प्रतिशतबाट बढेर ९.९२ प्रतिशत पुगेको छ । जसले गर्दा कम्पनीको नाफा घट्न पुगेको हो । गत असारसम्ममा कम्पनीले ९५ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीले १ अर्ब ८ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिसम्ममा कम्पनीको कुल सञ्चालन आम्दानी ९८ करोड ८७ लाख रुपैयाँ, सञ्चालन मुनाफा २१ करोड १२ लाख रुपैयाँ र वितरणयोग्य नाफा ४३ करोड ६० लाख रुपैयाँ छ । वितरणयोग्य नाफाका आधारमा कम्पनीको लाभांश क्षमता भने २५.०७ प्रतिशत रहेको देखिन्छ ।

समीक्षा अवधिसम्ममा कम्पनीको रिजर्भ कोषमा ७५ करोड रुपैयाँ सञ्चित छ । गत वर्षको असारसम्ममा कम्पनीले १ अर्ब ५४ करोड ७१ लख रुपैयाँ निक्षेप संकलन गरेर तथा १५ अर्ब १४ करोड २२ लाख रुपैयाँ सापटी लिएर  १५ अर्ब ९४ करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस)  घटेर ७.३१ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १६८.१९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ९६.४७ गुणा छ ।कमपनीको चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ छ ।

350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?