जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • असुरक्षित सिलिण्डरमा ग्यास बिक्री गर्ने सगरको पीडीओ रोक्का

असुरक्षित सिलिण्डरमा ग्यास बिक्री गर्ने सगरको पीडीओ रोक्का

असुरक्षित सिलिण्डरमा ग्यास बिक्री गर्ने सगरमाथा ग्यास उद्योग (सगर)को प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) रोक्का गरिएको छ। नेपाल आयल निगमले आइतबारदेखि असुरक्षित सिलिण्डरमा ग्यास बिक्री गरेको भन्दै उद्योगलाई दैनिक रुपमा दिने कोटाको पीडीओ रोकेको हो।

शुक्रबार बजारमा असुरक्षित सिलिण्डर पाइएको समाचारहरू प्रकाशित भएपछि निगमको ग्यास विभाग अन्तर्गतको प्राविधिक टोलीले उद्योगको अनुगमन गरेको थियो। निगमका उपनिर्देशक मनोज ठाकुरका अनुसार आइतबारदेखि सो उद्योगले पाउने पीडीओको कोटा रोकिएको छ।

‘हामीले उक्त उद्योगले कोटाको हिसाबले पाउने पीडीओ होल्ड गरेका छौं। यसको पीडीओको कोटा ३९६ टन रहेको छ,’ उनले भने, ‘अहिलेलाई होल्ड गरिएको छ। नापतौल विभागले प्रतिवेदन तयार पारेर दिएपछि त्यसको आधारमा अन्य कुराहरू अगाडि बढ्नेछ।’

आइतबार निगम, वाणिज्य विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागका टेक्निकल टिम अहिले सगरमाथा ग्यास उद्योगमा संयुक्त अनुगमनमा छन्। दुवैले अनुगमन गरेपछि मात्रै एउटा प्रतिवेदन तयार हुन्छ। त्यही प्रतिवेदन तयार पारेपछि अन्य कारबाहीको प्रक्रिया अगाडि बढ्ने नापतौल विभागका प्रवक्ता प्रभात सिंहले जानकारी दिए।

310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका