जोडिनुहोस
शुक्रबार, अशोज ११, २०८१
शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • नेपाल इन्स्योरेन्सले बढायो ८७ प्रतिशत नाफा, अन्य सूचक कस्तो ?

नेपाल इन्स्योरेन्सले बढायो ८७ प्रतिशत नाफा, अन्य सूचक कस्तो ?

नेपालकै पुरानो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षमा ७० करोड ६ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ३० लाख नाफा गरेको थियो । जुन नाफा अघिल्लो आवको तुलनामा ८७ प्रतिशतले वृद्धि हो ।

बुधवार प्रकाशित आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तिय विवरण अनुसार नेपाल इन्स्योरेन्स कम्पनीले अधिकांश सूचकमा वृद्धि गरेको देखिएको छ ।

निर्जीवन बीमा क्षेत्रमा नै पहिलो नाफा कमाउन सफल नेपाल इन्स्योेरेन्सको कुल चुक्ता पुँजी १ अर्ब ६४ करोड रहेको छ भने रिजर्भमा १ अर्ब ३७ करोड ४७ लाख राख्न सफल भएको छ । कम्पनीले महाविपत्ति कोषमा ९ करोड ९२ लाख राख्न सफल भएको छ । त्यस्तै बीमा कोष १ अर्ब ६२ करोड रहेको छ । गत आवको यसै अवधिमा कम्पनको बीमा कोष १ अर्ब ७२ करोड थियो । कम्पनीको बीमा कोषका केही गिरावट आएको छ ।

३१ करोड २४ लाख रिटेन्ड अर्निङ्गमा राख्न सफल कम्पनी अन्य इक्विटीमा ११ करोड ७७ लाख रहेको छ । कम्पनीले गत आवमा १ अर्ब ६८ करोड ५८ लाख कुल बीमा शुल्क सङ्कलन गर्न सफल भएको छ । अघिल्लो अघिल्लो आवको साही अवधिमा १ अर्ब ५६ करोड ६३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्कमा ७ प्रतिशतले बढोत्तरी भएको छ ।

कम्पनीले पुनर्बीमा मार्फत ९१ करोड ५९ लाख तिरेको छ । अघिल्लो आर्थिक वर्षमा ८३ करोड ८३ लाख तिरेको थियो । नेपाल इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ६१ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २१५ रुपैयाँ ८१ पैसा रहेको छ ।

235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका