जोडिनुहोस
सोमवार, भदौ ३१, २०८१
सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकको भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान, प्रथम हुनेले जिते रु.५० हजार

सिटिजन्स बैंकको भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान, प्रथम हुनेले जिते रु.५० हजार

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पार्टनर फर प्रोग्रेस नामक फेसवुक भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेको छ । बैंकले गत गत जेठ र असार महिनामा उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले सो प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतियोगिताको समाप्तीसँगै छानिएका उत्कृष्ट ३ बिजेतालाई बंैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा आज आयोजित एक समारोहका बीच सम्मान स्वरुप चेक हस्तान्तरण गरेका छन् ।

उक्त प्रतियोगितामा उत्कृष्ट भएकी निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठलाई क्रमश नगद पुरस्कार रु ५० हजार, ३० हजार र रु २० हजार रुपैयाँ प्रदान गरिएको छ ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका