जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको ४३ अर्ब भन्दा बढि डरलाग्दो खराब कर्जा, एनआईसी एशिया, हिमालयन र प्राईम कर्मशिलय बैंक राष्ट्र बैंकको निगरानीमा !

वाणिज्य बैंकहरुको ४३ अर्ब भन्दा बढि डरलाग्दो खराब कर्जा, एनआईसी एशिया, हिमालयन र प्राईम कर्मशिलय बैंक राष्ट्र बैंकको निगरानीमा !

नेपालका २० वाणिज्य बैंकहरु मध्ये आधा दर्जन बैंकहरुको खराब कर्जा करिब÷करिब ५ प्रतिशतको हाराहारीमा पुगेको छ भन्दा अब फरक पर्दैन । आर्थिक वर्षको अन्त्यसम्म आईपुग्दा सिभिल बैंकसंग मर्जर गरेको सदाबहाररुपमा १ दर्शन देखि अशोक राणा सिइओ रहेको हिमालयन बैंकको खराब कर्जा ४.९१ प्रतिशत छ भन्दा अब चाहि फरक पदैन । यस्तै सधैं ठूला बैंकहरुसंग सिघौरी खेल्दै विगतमा नक्कली वित्तिय विवरण बनाएर नाफा देखाउँदै आएको रोशन कुमार न्यौपाने सीइओ रहेको एनआईसी एशिया बैंकको खराब कर्जा करिब ४ प्रतिशत हाराहारीमा पुगेको भेटिएको छ । भन्दा अब फरक पर्दैन ।

तेस्रोमा खराब कर्जा बढि हुने बैंक प्राइम कर्मशियल बैंकको देखिन्छ । यस बैंकको खराब कर्जा पनि ४ प्रतिशतको हाराहारी भित्रै देखिन्छ । नेपाल राष्ट्र बैंकले ५ प्रतिशत खराब कर्जा भएका बैंक वित्तिय संस्थाहरुलाई हस्तक्षेप गरि नेतृत्व लिएर सुधारका कार्यक्रम गर्ने गरेको इतिहास हामीसंग छन् । नेपालका २० वाणिज्य बैंकमा गभर्नर देखि राष्ट्र बैंकका पियनसम्मका आफन्ता साला÷साली, छोरी÷ज्वाई, श्रीमती समेतलाई जागिर पाएपछि कारवाही होइन, मौद्रिक नीति मार्फत सम्भावित नोक्सानीको व्यवस्थापन गर्न छुट दिएको देखिन्छ । भन्दा अब फरक पर्दैन । अर्थमन्त्रीज्यू हेक्का होस् ।

नेपाल २० वाणिज्य बैंकको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात ३.७६ प्रतिशत कायम भएको हो ।यता खुद निष्क्रिय कर्जा औसतमा १.०६ प्रतिशत छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४५ खर्ब ६० अर्ब हाराहारी देखिन्छ । भने कुल निष्कृय कर्जा १ खर्ब ७१ अर्ब ४८ करोड रूपैयाँ हाराहारी भेटिएको छ भन्दा फरक पदैन । नेपाल राष्ट्र बैंकले बैंकहरुले खुद निष्क्रिय कर्जाको विवरण राख्न अनिवार्य नगरे पनि यसको तथ्य सार्वजनिक गर्न थालेको देखिन्छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका अनुसार यसले वास्तविकता निष्क्रिय कर्जा कति हो भनेर देखाउँछ ।

बैंकहरुले प्रवाह गरेको कर्जामध्ये साँवा ब्याज भुक्तानी गर्ने भाखा नाघेको एक वर्ष पुरा भएको कर्जालाई निष्क्रिय कर्जाको रुपमा लिइन्छ । बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कर्जालाई बैंकहरुले वर्गीकरण गरी रकम छुट्याउनु पर्ने (प्रोभिजन गर्नुपर्ने) व्यवस्था छ । कर्जा प्रवाह गरेको ३० दिनसम्म असल कर्जामा वर्गीकरण गरी १ प्रतिशत प्रोभिजन, १ महिनादेखि ३ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जालाई वाचलिष्टमा राखी कर्जा ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ । ३ देखि ६ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था नेपालमा छ । बैंकले दिएको कर्जा ६ महिनादेखि १ वर्षसम्म साँवा ब्याज भुक्तानी नगरेमा त्यस्तो कर्जालाई शंकास्पद कर्जा मानी ५० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था पनि छ । बैंकहरुले सूचना निकाले पनि समयमा धितो लिलामी नहुँदा बैंकहरुको गैह्र बैंकिङ सम्पत्ति (एनबीए) बढ्दै गएको भेटिएको छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार असार मसान्तसम्म खुद खराब कर्जा बढी हुने बैंकमा लक्ष्मी सनराइज बैंक रहेको छ । लक्ष्मी सनराइज बैंकको खुद निष्क्रिय कर्जा १.८७ प्रतिशत रहेको छ । बाँकी ९ वटा बैंकको खुद निष्कृय कर्जा १ देखि २ प्रतिशतको बिचमा रहेको छ । १ प्रतिशत भन्दा कम निष्कृय कर्जा हुने बैंकको संख्या १० रहेको देखिन्छ । बैंकहरुको वित्तीय विवरणअनुसार खुद निष्क्रिय कर्जा धेरै हुने सूचीको दोस्रोमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको खुद निष्कृय कर्जा १.७४ प्रतिशत रहेको छ । यस्तै सटिजन्स बैंकको १.५२ प्रतिशत, माछापुच्छ्रे बैंक र ग्लोबल आइएमई बैंकको १.५० प्रतिशत, प्राइम बैंकको १.३८, कृषि विकास बैंकको १.३२, राष्ट्रिय वाणिज्य बैंकको १.१०, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.२० तथा नबिल बैंकको १.०७ प्रतिशत रहेको छ ।

कुल निष्कृय कर्जा बढी हुने बैंकहरू नेपाल इन्भेष्टमेन्ट मेगा र कुमारी बैंक हुन् । यी बैंकको निष्कृय कर्जाको अनुपात ४.९५ प्रतिशत छ । हिमालयन बैंकको ४.९१ प्रतिशत, प्रभु बैंकको ४.७८, लक्ष्मी सनराइज बैंकको ४.७२, प्राइम बैंकको ४.६७, ग्लोबल आइएमई बैंकको ४.३७ र सिटिजन्स बैंकको ४.०७ प्रतिशत रहेको छ । नबिल बैंकको ३.८५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.६५, माछापुच्छे बैंकको ३.६३ प्रतिशत, कृषि विकास बैंकको ३.४४, एनआईसी एशिया बैंकको ३.४१ प्रतिशत, नेपाल बैंकको ३.२८, एनएमबि बैंकको ३.२७ प्रतिशत रहेको देखिन्छ । सचेत भया ।

1025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका