जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • अधिकांश बैंकको सीसीएआर ९ प्रतिशतमाथि

अधिकांश बैंकको सीसीएआर ९ प्रतिशतमाथि

अधिकांश वाणिज्य बैंकहरूले लाभांश बाँड्न सक्ने स्थितिमा देखिएका छन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको कि फाइनान्सियल इण्डिकेटस् रिपोर्टका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म देशमा सञ्चालित १८ वटा वाणिज्य बैंकले लाभांश बाँड्न सक्ने क्षमतामा देखिएका हुन् ।

दुई वटा वाणिज्य बैंकको प्राथमिक पुँजी कोष (सीसीएआर) ९ प्रतिशतभन्दा कम रहेको छ । सो कारण दुई बैंकले आफ्ना सेयरधनीलाई लाभांश बाँड्न नपाउने भएका हुन् । राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंकहरूले कुनै पनि महिना सीसीएआर पुर्याएनन् भने पनि लाभांश बाड्न पाउँदैनन् ।

राष्ट्र बैंकले २०८० असोज ३० गते एकीकृत निर्देशन, २०७९ लाई संशोधन गरी जारी गरेको एकीकृत निर्देशन, २०८० ले गरेको व्यवस्था अनुसार गत आव (२०८०/०८१) को अन्त्यसम्मसबै वाणिज्य बैंकहरूको क्यापिटल एडुकेशी फ्रेमवर्क ०.५ प्रतिशत थप्नु पर्नेछ । यसको अर्थ गत आवको अन्त्यसम्म बैंकहरूले बैंकहरूको प्राथमिक पुँजी कोष ८.५ प्रतिशतबाट बढेर ९ प्रतिशत कायम हुनुपर्ने छ ।

नेपाल राष्ट्र बैंकले बैंकहरूको सबै प्रकारका पुँजीहरूको विश्लेषण गरी समीक्षा गरेर सीसीएआर निकाल्ने गर्दछ । राष्ट्र बैंकले पुँजी कोषलाई प्राथमिक पुँजी (सीसीएआर) र पूरक पुँजी (सीएआर) लाई गणना गर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको ‘क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५’ अनुसार वाणिज्य बैंकहरुले ८.५ प्रतिशतमा ०.५ प्रतिशत थप गरी प्राथमिक पुँजी कोष ९ प्रतिशत र २.५ प्रतिशत क्यापिटल कन्जरभेसन बफर अर्थात् पुरक पुँजी गरी ११ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । सोमध्ये प्राथमिक पुँजी अनिवार्य नै हो ।

गत आवको अन्त्यसम्म देशमा सञ्चालित २० वटै वाणिज्य बैंकको सीसीएआर औसतमा १०.१० प्रतिशत रहेको छ । सीएआर भने औसतमा १२.८४ प्रतिशत रहेको छ । बैंकहरूले पुरक पुँजी (सीएआर) भने कायम गरेका छन् ।

स्प्रेडदर ३.९८ प्रतिशत र सीडी रेसियो ७८.६५प्रतिशत रहेको छ । यसको अर्थ बैंकहरू कर्जा विस्तार गर्न सक्षम छन् भन्ने हो । तर, सीसीएआर कम भएका बैंकले भने अझै कर्जा विस्तारमा सोच्नु पर्ने देखिएको छ ।
कृषि विकास बैंकको सीसीएआर सबैभन्दा बढी रहेको छ ।

बैंकले गत आवको अन्त्यसम्म ११.७८ प्रतिशत प्राथमिक पुँजीकोष पुर्याएर पुँजीकोषमा बलियो बैंक बनेको छ । बैंकको सीएआर भने १३.४४ प्रतिशत रहेको छ ।

नेपाल बैंकको सीसीएआर १०.९५ प्रतिशत र सीएआर १३.६२ प्रतिशत रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको सीसीएआर १०.९५ प्रतिशत र सीएआर १३.४२ प्रतिशत रहेको छ ।

निजी क्षेत्रका बैंकहरूतर्फ नबिल बैंकको सीसीएभार ९.६४ प्रतिशत र सीएआर १२.४१ प्रतिशत रहेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सीसीएआर १०.८४ प्रतिशत र सीएआर १३.६७ प्रतिशत रहेको छ ।

एनएमबि बैंकको सीसीएआर ९.७० प्रतिशत र सीएआर १२.८२ प्रतिशत रहेको छ । प्रभु बैंकको सीसीएआर ९.८९ प्रतिशत र सीएआर १३.५५ प्रतिशत रहेको छ भने सानिमा बैंकको सीसीएआर १०.२२ प्रतिशत र सीएआर १३.६६ प्रतिशत रहेको छ ।

स्ट्यान्डर्ड चार्टड बैंकको सीसीएआर १४.३६ प्रतिशत र सीएआर १७.१६ प्रतिशत रहेको छ । हिमालय बैंकको यस्तो पुँजी क्रमशः ९.०४ प्रतिशत र १२.०४ प्रतिशत रहेको छ । नेपाल एसबिआई बैंकको प्राथमिक पुँजी कोष १०.१० र सीएआर १३.२८ प्रतिशत रहेको छ ।

एभरेष्ट बैंकको सीसीएआर १०.८७ प्रतिशत र सीएआर १२.६१ प्रतिशत रहेको छ । एनआईसी एशिया बैंकको सीसीएआर ८.४४ प्रतिशत र सीएआर ११.१८ प्रतिशत रहेको छ ।

सिद्धार्थ बैंकको सीसीएआर ९.६५ र सीएआर १२.१५ प्रतिशत रहेको छ । ग्लोबल आईएमई बैंकको सीसीएआर १०.४४ र सीएआर १२.५३ प्रतिशत रहेको छ ।

सिटिजन्स बैंकको सीसीएआर ९.२७ र सीएआर १३.१३ प्रतिशत रहेको छ । प्राइम कमर्शियल बैंकको सीसीएआर १०.७७ प्रतिशत र सीएआर ११.९० प्रतिशत रहेको छ ।

माछापुच्छ्रे बैंकको सीसीएआर ९.३५ प्रतिशत र सीएआर १३.८३ प्रतिशत रहेको छ । कुमारी बैंकको ८.५६ प्रतिशत सीसीएआर र १२.२६ प्रतिशत सीएआर रहेको छ । लक्ष्मी सनराइज बैंकको सीसीएआर १०.२७ प्रतिशत र सीएआर १३.११ प्रतिशत रहेको छ ।

245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?