जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ३० जना अभिकर्तासँग नेशनल लाईफका सीईओको डिनर

३० जना अभिकर्तासँग नेशनल लाईफका सीईओको डिनर

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ आयोजना गरेको छ ।

सो अवसरमा कम्पनीका सीईओ सुरेशकुमार खत्रीले मधेश प्रदेशबाट योग्य भएका करिब ३० जना अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा  सहभागि सबै अभिकर्ताहरुलाई लगन र परिश्रमको कदर गर्दै मायाको चिनो प्रदान गरेका थिए । 

यस्तै, स्किममा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरुलाई पनि विशेष सम्मान गरिएको थियो । कार्यक्रममा सीईओ खत्रीले मधेश प्रदेशबाट पहिलो सम्मान कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

उक्त अवसरमा सीईओले अभिकर्ताहरुको हितलाई ध्यानमा  राखेर समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम ल्याएको बताए । साथै उनले विभिन्न जिल्लाबाट ३०० भन्दा बढि अभिकर्ताहरु छनौट भएको र  मधेश प्रदेशबाट मात्रै ३० जना अभिकर्ताहरु छनौट हुन सफल भएको पनि बताए ।

कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरुका बारेमा बताएका थिए । 

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका