जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • दसैंका लागि बसको टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ला गर्ने निर्णय

दसैंका लागि बसको टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ला गर्ने निर्णय

दसैंका लागि बसको टिकट बुकिङ असोज १२ गते खुल्ला गरिने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार यातायात व्यवसायीको उपस्थितिमा भएको बैठकले दसैंका लागि १२ गते टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो।यातायात व्यवस्था विभागले असोज १० गते बुकिङ खुलाउन प्रस्ताव गरेकामा बैठकमा १२ गतेदेखि टिकट बुकिङ गर्ने सहमति जुटेको हो। बैठकले सम्भव भएसम्म यातायात व्यवसायीले अनलाइनमार्फत बुकिङको व्यवस्था मिलाउने निर्णय गरेको छ।

यातायात आवागमन सहज बनाउन असोज १७ गते घटस्थापनादेखि कात्तिक १ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म खाद्यान्न लगायत अत्यावश्यक वस्तु ढुवानी गर्ने बाहेकका ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय पनि बैठकले गरेको छ।

घटस्थापनादेखि पूर्णीमासम्म यात्रुबाहक सवारीसाधनलाई देशभर रुट परमिट खुल्ला गर्ने निर्णय भएको छ।

1035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका