जोडिनुहोस
बुधबार, बैशाख १०, २०८२
बुधबार, बैशाख १०, २०८२
  • होमपेज
  • सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त

सिटिजन्स बैंक इन्टरनेसनलको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त भएका छन् ।२०६४ सालमा बैंकको स्थापनादेखि नै सिटिजन्स बैंकमा आबद्ध रहेका उनी बैंकको सूचना अधिकारीका अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृतको समेत भूमिका निभाउँदै आएका थिए ।

हालै सूचना अधिकारीमा नियुक्त भएका उनीसँग २० वर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन्।

उनले बैंकको सामान्य सेवा विभाग, मानव संसाधन विभाग, र कर्पोरेट कम्युनिकेसन विभागसमेतको जिम्मेवारी वहन गर्दै आएका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका