जोडिनुहोस
शुक्रबार, अशोज ११, २०८१
शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • सल्यानको सिद्ध कुमाख गाउँपालिकामा एनएलजी इन्स्योरेन्सको कृषि बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

सल्यानको सिद्ध कुमाख गाउँपालिकामा एनएलजी इन्स्योरेन्सको कृषि बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

 कृषकको टोलटोल अनि घर घरमा पुग्ने अभ्यासलाई निरन्तरता दिँदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सल्यानको शिद्ध कुमाख गाउँपालिकाको वडा नम्बर ३ फलाटेमा कृषि तथा पशुपंक्षी बिमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

कृषकलाई बीमाको दायरामा ल्याउन देशभर का विभिन्न ठाँउमा कृषि तथा पशुपंक्षी बिमा सम्बन्धी कार्यक्रम संचालन गरि रहेको र छलफल कार्यक्रम निरन्तर चलिरहने एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिजनेशको अर्डिनेटर सुनील श्रेष्ठले जानकारी दिए । उक्त छलफल कार्यक्रमका प्रमुख अतिथि सिद्दकुमाख गाउपालिका वडा न, ३ का वडा अध्यक्ष जिबराज बोहराले सबै बीमा अपरिहार्य रहेको र त्यस माथी कृषि तथा पशुपन्छी बीमा कृषकलाई अति आवश्यक रहेको हुंदा बीमा गरेमा निकै फलदायी हुने बताए ।

उनले कृषकलाइ बीमाको दायारामा ल्याउन आउदा दिनहरुमा वडा बाट पनि थप प्रयास गर्ने बताउदै यस्तो खालको कार्यक्रम आफ्नो वडामा पहिलो पटक भएकोमा खुसी ब्यक्त गरे । त्यस्तै कार्यक्रममा अतिथी पहाडी नस्ल सुधार बाख्रापालन समूहका अध्यक्ष याम बहादुर बोहराले बर्सौ देखि एनएलजी बाट बीमा बनाइ बीमाको लाभ लिदै आइरहेको र सबै कृषकलाइ समेत बीमा गर्न आग्रह गरे ।

साथै कार्यक्रममा ज्येष्ठ नागरिक जन बहादुर चलाउने,पहाडी नस्ल सुधार बाख्रा पालन समूहका कोषाध्यक्ष सोनि बस्नेत आदि लगायतको अतिथ्यता रहेको थियो । उक्त छलफल कार्यक्रम एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाका प्रमुख अनुराग बोहराको संयोजकत्वमा सम्पन्न भएको थियो । शाखा प्रमुख अनुराग बोहरा ले छलफल कार्यक्रममा उपस्थित भएका विभिन्न तह र तप्काका व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद दिनुका साथै छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिए ।

उनले सल्यान जिल्लामा कृषकलाई बिमाको दाएरामा ल्याउन विभिन्न अभ्यास गरिदै आएको र यसलाइ थप निरंतरता दिदै नेपाल सरकारले कृषकलाई दिने बिमा शुल्कमा दिने अनुदानको लाभ संगै बीमाको लाभ लिन सल्यान जिल्लाका सबै कृषकलाइ बीमाको दायरामा ल्याउन अहोरात्र खट्दै थप नबिनतम अभ्यासहरु गर्दै अघि बढ्ने समेत बताए। शाखा प्रमुख बोहराले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, कृषि तथा पसुपंक्षी बीमाका प्रावधान र महत्वका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सिद्ध कुमाख गाउपालिका वडा न ३ का अध्यक्ष जिबराज बोहरा तथा अभिकर्ता हरि बहादुर रेउले लगायत उपस्थिति जनाउने सबैलाई शाखा प्रमुख बोहराले धन्यवाद समेत दिए । कार्यक्रममा सिद्ध कुमाख गाउपालिका वडा न ३ का विभिन्न टोल बाट प्रतिनिधित्व गरेर आएका ४९ जना व्यक्तिहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन अभिकर्ता हरि बहादुर रेउलेले गरेका थिए ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका