जोडिनुहोस
शुक्रबार, अशोज ११, २०८१
शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • सानिमा बैंकले ल्यायो दसैं धमाका योजना, दराजबाट सामान किन्दा २ हजार रुपैयाँसम्म छुट

सानिमा बैंकले ल्यायो दसैं धमाका योजना, दराजबाट सामान किन्दा २ हजार रुपैयाँसम्म छुट

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई विशेष छुट दिन दराजसँगको सहकार्यमा दसैं धमाका योजना ल्याएको छ। बैंकले दराजबाट सामान खरिद गर्दा ग्राहकले २ हजार रुपैयाँसम्म छुट पाउने योजना ल्याएको हो।

दराजबाट सामान खरिद गर्ने ग्राहकले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा छुट पाउनेछन्।

डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् १,५०० रुपैयाँसम्म र क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् २,००० रुपैयाँसम्म छुट पाउने व्यवस्था मिलाएको बैंकले शुक्रबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

यो योजना शुक्रबारबाट असोज २१ गतेसम्म लागु हुनेछ। क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका