जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • दशैंमा इन्टरनेट कम्पनीका अफर: एक महिनाको छुटदेखि, ३६ लाखको गाडीसम्म

दशैंमा इन्टरनेट कम्पनीका अफर: एक महिनाको छुटदेखि, ३६ लाखको गाडीसम्म

इन्टरनेट कम्पनीहरुले दशैंको लागि विभिन्न अफर ल्याएका छन् । दशैं, तिहार र छठ पर्वको अवसर पारेर इन्टरनेट सेवाप्रदायकले अफर ल्याएको हुन् । इन्टरनेट कम्पनीहरुले ल्याएका यस्ता अफरमा शुल्कमा ५० प्रतिशत छुट पाउनेदेखि एक वर्षको इन्टरनेट प्याकेज लिँदा गाडी पाउनेसम्मको अफर ल्याएका छन् ।

अन्य सेवाप्रदायको तुलनामा बलियो बजार पकड बनाएको वर्ल्डलिंकले दशैं अफरको रुपमा इन्टरनेटको प्याकेज खरिद गर्दा कार जित्न सक्नेसम्मको अफर ल्याएको छ ।वर्ल्डलिंकले फेस्टिभ कार अफरको रुपमा ३६ लाख रुपैयाँ बजार मूल्यको नामी ०१ इथ्री नामको विद्युतीय गाडी राखेको छ । वर्ल्डलिंकले ३३ सय रुपैयाँको ३ महिने २०० एमबीपीएसको इन्टरनेट खरिद गर्नेका लागि बम्पर उपहारमार्फत गाडी दिने अफर सार्वजनिक गरेको हो ।चौधरी ग्रुप अन्तर्गतको सीजी नेटले ग्राहकलाई दिएको इन्टरनेटको प्याकेज खरिदमा सीसीक्यामेरा र स्मार्ट बल्भ निःशुल्क दिने अफर ल्याएको छ । यो अफरमा सहभागी हुन कम्तिमा १५० एमबीपीएसको इन्टरनेटको प्याकेज खरिद गर्नुपर्ने सीजीले सार्वजनिक गरेको अफरमा उल्लेख छ । यसले स्मार्ट वाचसम्मको अफर दिएको छ ।

डिसहोम फाइवरनेटले खुशी सेलेब्रेसन अफर अन्तर्गत वार्षिक प्याकेज खरिदमा ३ महिनाको बोनस दिने घोषणा गरेको छ ।

सुविसु नेटले दशैंको उपहार सुविसुसँग खुशीको बहार नामक अफर ल्याएको छ । यसले दशैंमा इन्टरनेट खरिद गर्दा उपहारको घोषणा गरेको छ । यस्तो उपहारमा २०० एमबीपीएसको पैसामा ३०० एमबीपीएसको इन्टरनेट आफ्नो साथीलाई उपहार दिन सकिने, रिफरमा एक महिना निःशुल्क इन्टरनेटदेखि ५५ प्रतिशसम्म छुटमा स्मार्ट वाच पाउने पनि उल्लेख छ ।

भायनेटले दशैंको अवसर पारेरै हाइसेन्सका घरायसी सामानमा २८ प्रतिशत छुट दिने अफर इन्टरनेटको प्याकेज लिने ग्राहकलाई दिएको छ । यसले वार्षिक प्याकेज लिने उपभोक्तालाई एक्स्ट्रा स्पिडको अफर दिएको छ ।

टेलिकले फाइबर नेटमा आम जनताको विश्वास हुनुपर्ने भए पनि सरकारी कर्मचारीको जागिरे मानसिकताले गर्दा उपभोक्ताले चलाए चालउँछन नचलाए विकल्प खोज्छन भन्ने मानसिकता भएको देखिन्छ । त्यसैले त यसका इन्टरनेट लिएपछि आउने गुनोसो भनेकै आफ्टर मेन्टिनेन्टसमा ढिलाइ र तोकिएको गुणस्तरको इन्टरनेट नपाउने भन्ने छ ।

टेकमाइण्डले भने १२ जनालाई रिफर गर्दा १२ महिनाकै लागि इन्टरनेट फ्रि भनेर महत्वकांक्षी योजना घोषणा गरेको छ । यसको घोषणा भने ग्राहकलाई नै मार्केटिङ गर्न गराउने र टार्गेट पूरा भए कमिसन दिन्छु भन्ने खालेको मात्रै छ ।

सबै निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले कुनै न कुनै रुपमा आ-आफ्नो क्षमताअनुसार प्याकेज खरिदमा अफर ल्याएका छन् ।

अतिरिक्त स्पीडदेखि गाडी नै उपहार पाउने गरी निजी क्षेत्रले ग्राहक आकर्षित गरिरहँदा सरकारी सेवाप्रदायक नेपाल टेलिकमको फाइबर नेटले दशैं तिहार अफर अन्तर्वगत पैसा उही स्पिड २५०%सम्म नामको स्किम ल्याएको छ । पहिला १० एमबीपीएस चल्नेमा अहिले सोही मूल्यमा २५ एमबीपीएस चल्ने लगायतका सुविधा दशैंका लागि ल्याएको छ ।

इन्टरनेट सेवाप्रदायक सबैजसले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट तोकिएको भन्दा बढी क्षमताको इन्टरनेट दिइरहेको दाबी गरिरहेका छन् । प्राधिकरणबाट सबैजसो सेवाप्रदायकले १५० एमबीपीस क्षमताको मात्रै इन्टरनेट स्वीकृत गराएका छन भने ३०० एमबीपीएससम्मको स्पीड दिइरहेको भन्दै प्रचार गरिरहेका छन् ।

इन्टरनेट सेवाप्रदायकहरुको संस्था (आइस्पान)का अध्यक्ष सुधीर पराजुली भने सेवाप्रदायकले मागेको अनुमतिलाई नियामकले पेन्डिङमा राखेर स्वीकृति नदिएको बताएका छन् । उनले ग्राहकलाई गुणस्तरीय इन्टरनेट दिनु आफूहरुको दायित्व भएकोले थप क्षमताको दिँइएको बताए । उनका अनुसार दूरसञ्चार प्राधिकरणले सेवाप्रदायकको प्रस्तावलाई २ वर्षदेखि स्वीकृत नदिएको आरोप पनि लगाए ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?