जोडिनुहोस
मङ्लबार, बैशाख ९, २०८२
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • सिटिजन्स बैंकले बाढी पीडितलाई २५ लाख सहयोग गर्ने

सिटिजन्स बैंकले बाढी पीडितलाई २५ लाख सहयोग गर्ने

सिटिजन्स बैंकले बाढी पहिलो पीडितका लागि सहयोग गर्न प्रधानमन्त्री राहात कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ ।

विगत दुई दिनदेखि परेको अविरल वर्षाले नेपालको धेरैजसो स्थान नराम्ररी प्रभावित भएको छ । अधिक वर्षा, बाढी, ढुवान, पहिरोका कारण देशका विभिन्न स्थानहरुका ठूलो धनजनको क्षति भएको छ ।

अविरल वर्षाका कारण दैनिक जनजीवन र यातायात अवरुद्ध भएको छ । लगातारको वर्षा र बाढीको समस्याले झेलिरहेको राजधानी काठमाडौंलगायत विभिन्न नदीमा आएको बाढीले दर्जनौ नेपालीको ज्यान गएको समाचारहरु प्रकाशित भएका छन् ।

यस अवस्थामा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंकले पीडित मानिसलाई सहयोग पुर्याउन २५ लाख रुपैयाँ तत्काल प्रधानमन्त्री राहात कोषमा जम्मा गर्ने  घोषणा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल गरेका हुन् । उनले भने, ‘सिटिजन्स बैंकले यस संकटको घडीमा हामीले हाम्रो सीमित स्रोत साधनबाट विभिन्न जिल्लालाई सहयोग गरिरहेका छौं । तत्काल २५ लाख रूपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिनेछ ।’

विभिन्न खालका विपत आईपर्दा नेपालको बैकहरूले सबैभन्दा अगाडि बढेर मानविय सहायाता योगदान गर्दै आएका छन् । २०७२ सालको भूकम्प, २०७६ पछिको कोरोना महामारीको बेलामा पनि बैंकहरुले महत्वपूर्ण सहयोग गरेका थिए ।

890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका