जोडिनुहोस
शनिबार, अशोज १९, २०८१
शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • मुक्तिनाथ क्यापिटलको साधारणसभा सम्पन्न, शेयरधनीलाई नगद लाभांश 

मुक्तिनाथ क्यापिटलको साधारणसभा सम्पन्न, शेयरधनीलाई नगद लाभांश 

मुक्तिनाथ क्यापिटल लिमिटडको १५औं वार्षिक साधारणसभा असोज ११ गते सम्पन्न भएको छ । उक्त साधारणसभा काठमाडौंमा संस्थाका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ आषाढ मसान्तको वासलात र सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरेको थियो ।

त्यस्तै, सभामा सेयरधनीलाई चुक्ता पूँजीमा ७.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

उक्त साधारणसभाले आव २०८१/०८२ को लेखापरीक्षण गर्नका लागि नगरकोटी सुसन एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

80
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका