जोडिनुहोस
शनिबार, अशोज १९, २०८१
शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • तोलामा आठ सयले बढ्यो सुनको मूल्य 

तोलामा आठ सयले बढ्यो सुनको मूल्य 

घरेलु बजारमा सोमबार पहेंलो धातु सुनको मूल्य बढेको छ । साताको चौथो कारोबार दिन बुधबार सुनको मूल्य उकालो लागेको हो ।

यस दिन सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार रुपैयाँ थियो ।

त्यसैगरी, यो दिन चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

70
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका