जोडिनुहोस
शनिबार, अशोज १९, २०८१
शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • दसैंको मुखमा बैंकिङ प्रणालीमा निक्षेप थपिंदै, एक सातामा कहाँबाट आयो ४७ अर्ब ?

दसैंको मुखमा बैंकिङ प्रणालीमा निक्षेप थपिंदै, एक सातामा कहाँबाट आयो ४७ अर्ब ?

पछिल्लो एक सातामा बैंकिङ प्रणालीमा ४७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। घट्दो ब्याजदर र नजिकिएको चाडपर्वले गर्दा प्रणालीबाट निक्षेप झिक्ने क्रम बढ्ने आकलन गरिएकामा त्यसविपरीत तरलता झन थपिन पुगेको हो। असोज ६ गतेसम्म बैंकिङ प्रणालीमा ६५ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप रहेकोमा पछिल्लो एक सातामा ४७ अर्ब थपिएर ६५ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ।

पछिल्लो साता वाणिज्य बैंकहरुमा मात्रै ४९ अर्ब रुपैयाँ तरलता थपिएको छ। वाणिज्य बैंकहरु बाहेकका वित्तीय संस्थाहरुमा भने तरलता २ अर्ब रुपैयाँले खुम्चिएको छ।

हरेक वर्ष दसैंको मुखमा रेमिटेन्स बढ्छ। साउन महिनामा मात्रै १ खर्ब ३६ अर्ब ९२ करोड रुपैयाँ भित्रिएको थियो। नेपाल बैंकर्स संघका कार्यकारी अधिकृत अनिल शर्मा बैंकिङ प्रणालीमा तरलता बढ्नु रेमिटेन्स मात्र कारण नभएको बताउँछन्।

उनका अनुसार पछिल्लो एक सातामा सरकारी र एक/ दुइ वटा प्राइभेट गरी ४/५ वटा बैंकमा गएको देखिन्छ।

‘चार्डपर्व नजिकिएसँगै हरेक वर्ष रेमिटेन्स बढ्ने गर्छ। त्यो पैसा अन्तत प्रणालीमा आउँछ। तर, अहिले रेमिटेन्सले मात्र निक्षेप बढेको होइन, कर्मचारीको तलब भत्ताले पनि योगदान गरेको हो।’

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देवेन्द्ररमण खनालले पनि कर्मचारीको तलब भत्ता निकासाका कारण गत साता निक्षेप बढ्न पुगेको बताए। ‘

‘सरकारी कर्मचारीलाई तलबका साथै दसैं मनाउन पर्व खर्च भुक्तानी भएको छ। यस्तै अरु भुक्तानी पनि बढिरहेको छ। त्यसैले निक्षेप बढ्न पुगेको हो,’ उनले भने।

अघिल्ला वर्षहरुमा दसैं नजिकिएसँगै निक्षेप झिक्ने क्रम बढ्थ्यो। दसैंमा उपभोगमा धेरै खर्च हुने भएकाले निक्षेप घट्ने गरेकामा यसपालि झिक्ने क्रम भने खासै नदेखिएको बैंकरहरु बताउँछन्।

नेपाल राष्ट्र बैंकका निर्देशक डिल्लीराम पोखरेल दसैंको मुखमा नयाँ नोट साटेर घरमा राख्ने प्रवृत्ति फेरिएकाले निक्षेप नघटेको हुन सक्ने बताउँछन्।

‘विगतका वर्षहरुमा दसैंको मुखमा नयाँ नोट साट्न राष्ट्र बैंकमा भिड लाग्थ्यो। यो वर्ष त्यस्तो छैन। साथै आयात पनि बढेको देखिंदैन। त्यसैले पनि निक्षेप नझिकिएको हुनसक्छ,’ उनले भने। राष्ट्र बैंकले यसपालि नयाँ नोट बाँडेको छैन। सफा नोट साट्न मिल्ने सुविधा छ। दसैंको मुखमा भदौ महिनामा १ खर्ब ३४ अर्ब रुपैयाँको मात्र वस्तु तथा सेवा आयात भएको तथ्यांक छ।

55
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका