जोडिनुहोस
शनिबार, अशोज १९, २०८१
शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • नेपाल बैंकको उत्कृष्ट कर्जा योजनाहरू बजारमा

नेपाल बैंकको उत्कृष्ट कर्जा योजनाहरू बजारमा

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ बजारमा सर्वाधिक न्यून ब्याजदर ७.७० मा ने.बै.लि. सर्वसुलभ आवास कर्जा ल्याएको छ । 

ने.बै.लि. सर्वसुलभ आवास कर्जा अन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जिर्णोद्वार तथा अन्य र्बैकको कर्जा खरिद र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन् । बैंकले ५ वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकि सेवा शुल्कमा अधिकतम ३३.३३ प्रतिशतसम्म छुट प्रदान गरी रू. ५ लाखदेखि अधिकतम २ करोडसम्म कर्जा उपलब्ध गराउने भएको छ ।

यसका अतिरिक्त बैंकले ने.बै.लि.समृद्ध व्यवसाय कर्जा, ने.बै.लि.अटो लोन लगायत विभिन्न कर्जाको ब्याजदर समेत उल्लेख्य प्रतिशतले घटाएको छ ।  कर्जा सिमा रू.१० करोडसम्म रहेको ने.बै.लि.समृद्ध व्यवसाय कर्जाको ब्याजदर ८.२८ प्रतिशत रहेको छ भने व्यवसायिक ग्राहकहरुले चालुपूँजी तथा स्थिरपूँजी व्यवस्थापनको लागि यो कर्जा उपभोग गर्न सक्नेछन् । 

त्यसैगरी नयाँ गाडी खरिदको लागि ५ र ७ वर्ष भुक्तानी अवधि राखि बैंकले प्रवाह गर्ने ने.बैं.लि. अटो कर्जाको व्याजदर हाल ७.७८ प्रतिशत रहेको छ ।

हाल नेपालभर २२९ शाखा, ६० एक्स्टेन्सन काउण्टर र २०५ एटिएम काउण्टरबाट सेवा सञ्चालन गरिरहेको यस बैंकले आफ्नो ऐतिहासिक विरासतलाई कायम राख्दै अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न बैंक सधैं कटिबद्ध रहेको छ ।

50
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?