जोडिनुहोस
शनिबार, अशोज १९, २०८१
शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • शिवशिखर सहकारीबाट केदारनाथले श्रीमतीलाई दिएका थिए ६५ करोड ऋण

शिवशिखर सहकारीबाट केदारनाथले श्रीमतीलाई दिएका थिए ६५ करोड ऋण

भक्तपुरको कौशलटारमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाकी सेयर सदस्य गीता शर्माले आफूले उक्त सहकारीबाट लिएको ६५ करोड तिर्न सक्ने बताएकी छिन् । तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा शिवशिखर बहुउद्देश्यीय सहकारीका संस्थापक अध्यक्ष केदारनाथ शर्माको श्रीमती गीता शर्माले शिवशिखरबाट ६५ करोड ऋण लिएकी छिन् ।

सहकारीको बचत अपचलनमा हाल केन्द्रीय कारागार, जगन्नाथ देवलमा रहेकी शर्माले संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा दिएको बयानमा आफू उक्त सहकारीको सेयर सदस्य रहेको र संस्थाबाट ६५ करोड ऋण लिएको बयान दिएकी हुन् । आफूले लिएको ऋण कानून बमोजिम हो/होइन आफ्नो श्रीमान तथा उक्त सहकारीको संस्थापक तथा पूर्वअध्यक्ष केदारनाथ शर्मालाई थाहा भएको बताएकी छन् । संस्थाबाट लिएको ६५ करोड ऋण चुक्ता गर्न तर त्यसका लागि कारागारबाट आफू निस्किन पाउनु पर्ने बताएका छन् ।

आफ्नो नाममा रहेका खाताहरु फुकुवा हुनुपर्ने, आफ्नो नाममा रहेका सम्पत्ति बेचबिखन गरेर र कम्पनीहरु पुनः सञ्चालन गर्न पाउनु पर्ने शर्त राखेकी छिन् । यो भएको खण्डका ६५ करोड संस्थाको पैसा चुक्ता गर्ने बयान दिएकी छिन् । उनले समितिमा बयान दिने क्रममा भक्तपुरको खरिपाटीमा रहेको शिव शिखर खाद्य उद्योग कम्पनी सञ्चालन गरेको जनाएकी छिन् । उक्त उद्योगले घिउ, मह, अचार, दालहरु, चुक, चिउरा लगायतका खाद्य सामानहरु उत्पादन र खरिदबिक्री गर्ने गरेको थियो ।

उक्त सहकारीमा तोकिएको कार्यक्षेत्रमा बसोबास भएका व्यक्तिहरुका साथै अन्य व्यक्तिहरु पनि सेयर सदस्य रहेको बयान दिएकी छिन् । उनले आफूलाई सहकारी संस्थाको सम्पत्ति कहाँ–कहाँ के कुन स्वरूपमा छ भन्ने थाहा नभएको बयान दिएकी छिन् । ‘म गृहणी हुँ । मलाई आर्थिक कारोबारको विषय थाहा भएन । म २०८० वैशाख १२ गते सहकारी विभागमा गएको थिएँ । सहकारीको तरलताको समस्या दर्साए । विभागमा मलाई मिलाई दिन्छु भनियो तर कागज बनाउनुपर्छ भन्नु भएको थियो । सहकारीका स्टाफहरुको सहयोग हामीलाई प्राप्त भएन,’ उनले बयानका क्रममा भनेकी छिन्, ‘मेरो कम्पनीहरुको २९९ वटा गाडीहरु कहाँ कुन अवस्थामा छन् भन्ने समेत थाहा छैन । म यस सहकारी संस्थाको सेयर सदस्य र ऋणी पनि भएकोले मलाई केही थाहा भएन । मेरो हकमा म कारागारबाट छुटे भने मेरो नामको ऋण भुक्तान गर्छु । उक्त माग सम्बोधन होस् भन्ने चाहन्छु।’ शिव शिखर सहकारी संस्थाको ३६ वटा शाखाहरु १७ वटा जिल्लाहरुमा सञ्चालनमा छन् ।

70
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका