जोडिनुहोस
मङ्लबार, पुस ९, २०८१
मङ्लबार, पुस ९, २०८१
  • होमपेज
  • कृषि विकास बैंकका वरिष्ठ कार्यकारीहरुलाई आर्ट अफ लिभिङसम्बन्धी तालिम

कृषि विकास बैंकका वरिष्ठ कार्यकारीहरुलाई आर्ट अफ लिभिङसम्बन्धी तालिम

 कृषि विकास बैंक लिमिटेडले आफ्ना वरिष्ठ कार्यकारीहरुलाई उच्च प्रभावकारी नेतृत्व र तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले उक्त कार्यक्रम रामशाहपथ काठमाण्डौस्थित तालिम हलमा सफलतापूर्वक सम्पन्न गरेको हो ।  

कात्र्तिक १२ र १३ गते दुई दिनसम्म सञ्चालित यस प्रशिक्षण कार्यक्रमले बढ्दो प्रतिस्पर्धी बजारमा बैंकको रणनीतिक दृष्टिकोण बनाउन उच्च व्यवस्थापनमा हुनु पर्ने नैतिक नैतृत्व, लचिलोपन र कल्याण जस्त गुणहरुलाई अभिबृद्धि गर्दै कृषि विकास बैंकको समर्पणलाई अझ प्रभावकारी गराएको छ ।  

यस विशेष प्रशिक्षणको उद्देश्य बैंकको बरिष्ठ कार्यकारीहरुलाई नैतिक आचरण र नैतिक निष्ठाको उच्चतम स्तरहरु कायम राख्दै उच्च तनावकोे वातावरणमा प्रभावकारी रुपमा कार्य गर्नको लागि आवश्यक सीप सिकाउनु भएको बैंकले जनाएको छ ।  

यो कार्यक्रम आर्ट अफ लिभिङ्ग नेपाल संस्थागत कार्यक्रमका निर्देशक निभा प्रधानको नेतृत्व सम्पन्न भएको थियो । बैंकिङ क्षेत्रको गहन पृष्ठभूमि भएका प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रशिक्षक प्रधानले वित्तीय क्षेत्रका अगुवाहरुले भोगेका अद्वितीय चुनौतीहरुको बारेमा गहिरो ज्ञान दिएका थिए । उनको विशेषज्ञताले प्रभावकारी र सान्दर्भिक दुबै प्रशिक्षण अनुभव सुनिश्चितता गर्दै बैकिङ उद्योगका कार्यकारी भूमिका भित्रको सुक्ष्म मागहरुको सम्बोधन गर्न सफल रहेको बैंकले जनाएको छ ।  

उनको समूहमा प्रशिक्षणको गहन पृष्ठभूमि भएका सिनियर फ्याकल्टी एओएल अच्युत राज गौतम र प्रशासनिक सहयोगको लागि शैलेन्द्र हमाल सम्मिलित थिए ।  

आर्ट अफ लिभिङ्गको संस्थागत कार्यक्रम विश्व स्वास्थ्य संगठनको वेलनेश मोडलसँग मिलेर बिगत ४० बर्षमा १८६ देशहरुमा सम्पन्न गरी सकिएको छ ।  यी कार्यक्रमहरु लचिलो मानसिकता बढाउन, मानसिक स्पष्टतालाई बृद्धि गर्न र समग्र स्वस्थतामा केन्द्रीत हुन्छन् ।

395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका