जोडिनुहोस
शुक्रबार, कार्तिक १६, २०८१
शुक्रबार, कार्तिक १६, २०८१
  • होमपेज
  • नेपालमा पाँच वर्षमा भित्रियो दुई अर्बको तास, ३ महिनामा मात्रै ४० लाख गड्डी

नेपालमा पाँच वर्षमा भित्रियो दुई अर्बको तास, ३ महिनामा मात्रै ४० लाख गड्डी

नेपालमा पाँच वर्षमा दुई अर्ब बढीको तास आयात भएको तथ्यांकले देखाएको छ। पछिल्लो पाँच आर्थिक वर्षमा नेपालमा २ अर्ब २३ करोड रुपैयाँ भन्दा बढीको तास आयात भएको  भन्सार विभागले जनाएको छ। 

बिभागकाअनुसार यो आर्थिक वर्षमा असोज महिनासम्मको आँकडा हेर्दा ११ करोड ७७ लाख रुपैयाँ बराबरको झन्डै ४० लाख गड्डी तास नेपाल भित्रिएको छ। त्यसबाट ६ करोड ९५ लाख रुपियाँ राजश्व सङ्कलन भएको छ। 

विगतका वर्षहरू जस्तै यसपटक सबैभन्दा धेरै परिमाणमा तास चीनबाट नेपाल भित्रिएको छ। त्यसबाहेक भारत, अमेरिका र संयुक्त अधिराज्यबाट पनि नेपालमा तासहरू भित्रने गरेको देखिन्छ।

अघिल्लो आर्थिक वर्षसम्मका पाँच वर्षमा नेपालमा २ अर्ब १२ करोड बराबरको १० करोड ४० लाख गड्डी तास भित्रिएको थियो। त्यसमध्ये सबैभन्दा धेरै चीनबाट ९ करोड ८१ लाख गड्डी भन्दा धेरै तास भित्रिएको थियो। यसबाट नेपालले करिब १ करोड २० लाख ३३ हजार रुपियाँ भन्दा बढी राजश्व उठेको थियो।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका