जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • बैंकिङ्ग निक्षेप निरन्तर घट्दो

बैंकिङ्ग निक्षेप निरन्तर घट्दो

बैंकिङ्ग प्रणालीमा निक्षेप निरन्तर घट्दै गएको छ । नेपाल राष्ट्र बैंकको कात्तिक १० गते शनिबारको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

अघिल्लो दिन कात्तिक ९ गते शुक्रबार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब २८ अर्ब निक्षेप संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेपमा एकदिनमा ३ अर्बको गिरावट देखिएको छ ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि ३ अर्बले घटेको छ । कात्तिक ८ गते ५८ खर्ब ९३ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकले १० गते ५८ खर्ब ९० अर्ब रुपैयाँ रकम बराबरको निक्षेप संकलन गरेका छन् ।

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा झिनो गिरावट देखिएको छ । कात्तिक ९ गते ५२ खर्ब ७४ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले १० गते ५२ खर्ब ७३ अर्ब कर्जा प्रवाह गरेका छन् ।


त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा स्थिर रहेको छ । गत कात्तिक ९ गते ४६ खर्ब ६८ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंंकहरुले १० गतेपनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७८.२६ प्रतिशत कायम भएको देखाएको छ ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका