जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता

११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता

सिटिजन्स बैंक र अनलाइन बजार दराज केयमु प्रालिबीच बैंकका कार्डबाहक ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११ (कार्तिक २६ गते) देखि लागू हुनेछ ।सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा १५% वा अधिकतम रु २ हजारसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा २०% वा अधिकतम २ हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । माथि उल्लिखित पूर्व भुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र लागू हुनेछ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ ।

सिटिजन्स बैंकले देशैभरका ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरु बाट सेवा प्रदान गर्दै आईरहेको छ ।

315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?