जोडिनुहोस
आइतवार, चैत्र २, २०८१
आइतवार, चैत्र २, २०८१
  • होमपेज
  • उत्कृष्ट करदाता सम्मानित, सर्वाधिक आयकर तिर्ने कम्पनी नेपाल टेलिकम

उत्कृष्ट करदाता सम्मानित, सर्वाधिक आयकर तिर्ने कम्पनी नेपाल टेलिकम

यस वर्ष सर्वाधिक कर तिर्ने कम्पनीमा नेपाल टेलिकम छ भने व्यक्तितर्फ राजबहादुर शाह छन्। उत्कृष्ट करदातालाई सरकारले शनिबार सम्मान गरेको छ। आर्थिक वर्ष २०७९/८० विभिन्न विधामा सर्वाधिक कर तिर्ने कम्पनी र व्यक्तिलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गरेका हुन्। नेपाल टेलिकम गत वर्ष पनि उत्कृष्ट करदाता भएको थियो। राष्ट्रिय कर दिवस २०८१ को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ।

सबैभन्दा बढी आयकर तिर्ने नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) छ भने एकलौटी फर्म श्रुती ट्रेडर्स छ।  निर्यात कारोबारमा डाबर नेपाल प्रालि, कृषि एवम् पशुजन्यमा पतन्जली आयुर्वेद प्रालि छ। सूचना प्रविधिसम्बन्धी निर्यात कारोबार गर्नेमा कोडावतार टेक प्रालि छ।

यस्तै स्वास्थ्य तथा शिक्षामा लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल,  पर्यटनमा तारागाउँ रिजेन्सी होटल, वस्तु व्यापारमा भाटभटेनी सुपरमार्केट छ।

बैंकिङ प्रतिष्ठानतर्फ सबैभन्दा बढी कर तिर्नेमा सम्मानित हुने नबिल बैंक रहेको छ। नबिल उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको यो आठौं पटक हो। यस अघि आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७ र २०७७/७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो।

समारोहमा अर्थमन्त्री पौडेलबाट बैंकका लागि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान ग्रहण गरे।

यस्तै मध्यस्तरीय करदातामा सीडीएस एन्ड क्लियरिङ, ऊर्जामा भोटेकोसी पावर कम्पनी, रेमिटेन्सतर्फ सिटी एक्स्प्रेस छ।

यो वर्ष व्यक्तिगत आयकरतर्फ उत्कृष्ट करदाता राजबहादुर शाह छन्।

625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका