जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • सुजुकीको अल्टो ८०० नयाँ अवतारमा आउँदै

सुजुकीको अल्टो ८०० नयाँ अवतारमा आउँदै

नेपालमा लामो समयसम्म ट्याक्सीका लागि प्रयोग भएको र हाम्रो मस्तिष्कले कारभन्दा ज्यादा ट्याक्सिको रुपमा नै बुझ्ने मारुति सुजुकीको मोडल हो– अल्टो ८०० । अहिले आएर सरकारले नयाँ ट्याक्सीहरु विद्युतीय सवारीमात्रै दर्ता गर्ने भनेपछि अल्टो मोडलका गाडी यस प्रयोजनमा आउन सकेका थिएनन् ।

यही गाडीलाई अब मारुति सुजुकीले नयाँ अवतारमा प्रस्तुत गर्ने भएको छ । यसै वर्षको अन्तिमसम्म यो गाडी बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ । यो गाडी आगामी जनवरी १७ (४ माघ)बाट शुरु हुने ‘भारत मोबिलिटी ग्लोबल एक्सपो’मा लञ्च हुनसक्ने संभावना पनि छ । तर भारतीय सञ्चार माध्यमहरुले डिसेम्बर २ लाई यसको सम्भावित ‘लञ्च’ तारेखको रुपमा लिएका छन्

यस गाडीको टेस्टिङ मोडल पहिले नै सार्वजनिक भइसकेको छ । अर्को पुस्ताको अल्टो कार निकै लोभलाग्दो आकृतिमा प्रस्तुत हुँदै छ । गाडीको बाहिरी आवरण र हेडल्याम्प लगायत पहिलेभन्दा भिन्न महसुस हुने भएको छ । यो गाडी बीएस सिक्स (भारत स्ट्याण्डर्ड–६)मा ल्याउन लागिएको हो ।

यो गाडी नेपालमा पनि मध्येमवर्गीय परिवारका लागि निकै उपयोगी हुने देखिन्छ । यस गाडीमा निकै कम मूल्यमै अधिकतर प्रिमियम फिचर्स पाउन सकिन्छ । यो गाडी देख्नमा पहिलेभन्दा निकै स्टाइलिस र प्रिमियम हुने भएकाले नयाँ संस्करणको गाडी किन्दा दिमागमा बसेको ‘ट्याक्सी’ छाप सायद नपर्न सक्छ ।

यो गाडीमा १ लिटर क्षमताको बीएस सिक्स इञ्जिन राखिने छ । यो गाडीले ५ हजार आरपीएममा ६६ हर्स पावर र ३५०० आरपीएममा ८९ न्युटन मिटर टर्क उत्पन्न गर्छ । यो इञ्जिनमा ५ स्पीडको म्यानुअल र ५ स्पीडकै अटोमेटिक गियर बक्स (ईएमटी) रहने छ ।

यसमा ७ इञ्चको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ, जसले कल नेभिगेशनजस्ता फिचर्स जोड्न मद्दत गर्छ । कम्पनीले युवा पुस्तालाई ध्यानमा राख्दै यसको इन्टेरियर र एक्टेरियर डिजाइन गरेको छ ।

यो गाडी कुल ६ रङमा उपलब्ध हुने छ । सेतो, रातो, सुन्तला, सुनोलो, नीलोजस्ता रङ्गमा यो उपलब्ध हुने छ । यो गाडीमा दुईटा एयर ब्याग, एबीएस, पावर विन्डो, रिभर्स पार्किङ क्यामेरा, स्टेरिङ कन्ट्रोल, स्पीड अलर्टजस्ता कयौँ सेन्सर समेत २१ फिचर्स मिल्नेवाला छ ।

कम्पनीले यो गाडीलाई ‘कम्प्रेस्ड नेचुरल ग्यास (सीएनजी)’ मोडलमा पनि लञ्च गर्न लागेको छ । यो मोडलले प्रतिलिटर ३३ किलोमिटरभन्दा ज्यादा माइलेज दिने छ । जुन कुराले उपभोक्तालाई इन्धनको लागत घटाउन मद्दत गर्नेवाला छ ।

यो गाडीको सुरुआति मूल्य कम्पनीले भारु २ लाख ६१ हजार हाराहारी रहने जनाएको छ । यसको प्रिमियम भेरियण्टमा मूल्य भारु ३ लाखभन्दा माथि पुग्न सक्छ । यो गाडी जबरजस्त लुक्स र न्यून मूल्यका कारण मानिसहरुको ‘पहिलो रोजाई’मध्येमा पर्ने अनुमान गरिएको छ ।

170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका