जोडिनुहोस
बिहिबार, पुस ११, २०८१
बिहिबार, पुस ११, २०८१
  • होमपेज
  • सरकारले घटायो सुनको भन्सार दर

सरकारले घटायो सुनको भन्सार दर

सरकारले लिएको नीतिका कारण भारतबाट सुन तस्करी मौलाएपछि त्यसलाई रोक्ने उद्देश्यले भन्सार दर घटाइएको छ ।  सरकारले सुनको साबिकको भन्सारदर २० प्रतिशतलाई घटाएर १० प्रतिशतमा झारेको हो । केही दिनअघि नै मन्त्रिपरिषदले अर्थमन्त्रालयको प्रस्तावमा भन्सारदर महङ्गो हुँदा भारतमा भन्दा नेपालमा सुनको मूल्य प्रतितोलामै २० हजार रुपैयाँ हाराहारीमा सस्तो परेपछि तस्करीले प्रश्रय पाएको थियो । यहीकारण पछिल्लो समय औपचारिक बाटोबाट नेपाल भित्रिने सुनको आँकडामा पहिरो गएको देखिएको थियो । अनौपचारिक च्यानलबाट सुन तस्करी हुँदा करोडौंको भन्सार गुम्न थालेको थियो । 

यहीकारण तस्करी बढाउने नीतिलाई संसोधन गरी सुनमा लाग्दै आएको भन्सारदर २० प्रतिशतबाट १० प्रतिशतमा झारिएको र चाँदीको भन्सार दर पनि साबिकको १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ ।  भन्सार विभागका महानिर्देशक हरिशरण पूडासैनीले बिजशालासँग कुरा गर्दै मन्त्रिपरिषदको निर्णय आइतबार मात्र आफूहरुलाई प्राप्त भएका कारण सोही दिनदेखि भन्सार दर कार्यान्वयनमा ल्याउने गरी मातहतका सबै निकायलाई पत्राचार गरिसकिएको जानकारी दिए ।  

155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?