जोडिनुहोस
शुक्रबार, पुस १२, २०८१
शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • ‘आईएमई पे’ को नयाँ योजना : इनड्राइभ चालकलाई पूरै कमिसन फिर्ता पाउने मौका

‘आईएमई पे’ को नयाँ योजना : इनड्राइभ चालकलाई पूरै कमिसन फिर्ता पाउने मौका

नेपालको पहिलो डिजिटल वालेट आईएमई पे ले राइड सेयरिङ एप इनड्राइभका चालकका लागि ‘५ मा १००- इनड्राइभको पूरै कमिसन फिर्ता’ नामक नयाँ योजना सार्वजनिक गरेको छ ।

यो योजना विशेष रूपमा इनड्राइभ चालक र तिनका सेवाग्राहीलाई आईएमई पे एपमा उपलब्ध विभिन्न डिजिटल भुक्तानी सेवाबारे सचेतना जगाउन सार्वजनिक गरिएको हो ।

९ मंसिरदेखि ९ फागुनसम्म ३ महिनाका लागि चल्ने योजनामा आईएमई पे एपबाट इनड्राइभ एपमा टप-अप गर्ने चालकले आईएमई पे एपको तोकिएका कारोबार वा भुक्तानी गरेर आफूले इनड्राइभलाई तिर्नु पर्ने कमिसन १०० प्रतिशत फिर्ता पाउना सक्नेछन् । साथै तोकिएको कारोबार वा भुक्तानी गरे बापत १ सय रुपैयाँसम्म अधिकतम बोनस पनि जित्ने मौका रहेको छ ।

यसरी प्राप्त गर्न सकिन्छ कमिसन

  • नयाँ ग्राहकलाई आफ्नो रेफेरल कोड दिएर आईएमई पे एपमा साइन-इन गराउने (७५ रुपैयाँसम्म बोनस)
  • यात्राको भुक्तानी क्यूआर वा वालेट ट्रान्सफर मार्फत आफ्नै आईएमई पे एपमा लिने (१० रुपैयाँ बोनस, प्रति दिन)
  • डाटा प्याक आफ्नै आईएमई पे एपबाट किन्ने (१० रुपैयाँ बोनस, प्रति दिन)
  • भ्वाइस प्याक आफ्नै आईएमई पे एपबाट किन्ने (१० रुपैयाँ बोनस, प्रति दिन)
  • मोबाइल रिचार्ज आफ्नै आईएमई पे एपबाट गर्ने (१० रुपैयाँ बोनस, प्रति दिन)

180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका