जोडिनुहोस
आइतवार, पुस १४, २०८१
आइतवार, पुस १४, २०८१
  • होमपेज
  • विदेशको कमाइ आइएमईमार्फत नेपाल पठाउँदा १ करोड जितेकी प्रमिलालाई घरमै पुगेर चेक प्रदान

विदेशको कमाइ आइएमईमार्फत नेपाल पठाउँदा १ करोड जितेकी प्रमिलालाई घरमै पुगेर चेक प्रदान

विदेशको कमाइ आइएमईमार्फत नेपाल पठाउँदा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमई ग्रुपले चेक हस्तान्तरण गरेको छ। जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित बल्मी टोल निवासी रोकायालाई शनिबार उनकै निवासमा पुगेर आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका छन्।

विदेशमा रहेका नेपालीहरूले कमाएको पैसा नेपाल पठाउने विश्वासिलो माध्यमसँगै वैदेशिक रोजगारीमा रहेकाहरूको आफ्नो र परिवारको समेत सपना पूरा गर्ने माध्यम आइएमई बन्न सफल भएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष ढकालले विजेता बनेकी रोकायालाई शुभकामना दिए।

चेक बुझ्दै प्रमिलाले आफ्ना बाबुआमाका लागि घर बनाउने सपना रहेको पनि सुनाइन्। गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौंमा सार्वजनिक लक्की ड्रमार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन्।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्समार्फत पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष संचालन गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको कम्पनीले जानकारी दिएको छ।

आइएमईले एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यम-आइएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो। सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए।

आइएमई गरी आइएमई पे वालेट, बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी थिए। आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन प्रोत्साहन गर्न उक्त अफर ल्याएको जनाएको छ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?