जोडिनुहोस
आइतवार, पुस १४, २०८१
आइतवार, पुस १४, २०८१
  • होमपेज
  • प्रभु बैंकका ग्राहक तथा कर्मचारीले विभान्ता र हिमाल डेन्टलमा २० प्रतिशतसम्म छुट पाउने

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले विभान्ता र हिमाल डेन्टलमा २० प्रतिशतसम्म छुट पाउने

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले काठमाडौं महानगरपालिका-२८ कमलादीस्थित विभान्ता डेन्टल हस्पिटल प्रालिमा छुट पाउने भएका छन्।

त्यस्तै, बैंकले काठमाडौंको धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल प्रालिसँग पनि छुटका लागि सम्झौता गरिएको जनाएको छ।

सम्झौतापछि प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले २० प्रतिशतसम्म छुट पाउने बैंकले जानकारी दिएको छ।

सम्झौतापत्रमा विभान्ता डेण्टल र हिमाल डेन्टलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर निरज लम्साल र मार्केटिङ म्यानेजर सबिन राणाले हस्ताक्षर गरेका छन्।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका