सेयर बजारमा गिरावट आएको छ। नेेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ विन्दुमा झरेको छ। कारोबारमा आएका माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य बाहेकका उपसमूहले बजार घटाएका हुन्। फाइनान्सको सूचक सर्वाधिक ४.४७ प्रतिशतले घटेको छ भने विकास बैंकको २.६५ प्रतिशतले ओरालो लागेको छ।
गत साता नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेपछि कमजोर विकास बैंक र फाइनान्स कम्पनीका लगानीकर्ता तरंगित बनेका छन्। १७२ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। ५ कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ। ६९ कम्पनीको सेयर मूल्य बढेको छ। महिला र आत्मनिर्भर लघुवित्तको मूल्यका सकारात्मक सर्किट लागेको छ।
५ अर्ब ४७ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक २६ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ।यस्तै, जानकी फाइनान्स १६ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर १५ करोड ३४ लाख, एनएलजी इन्स्योरेन्स १२ करोड १३ लाख र रिभर फल्स पावर ११ करोड १८ लाख रुपैयाँ सेयर किनबेचसहित कारोबारको शीर्ष सूचीमा रहे।