Sticky Breaking News
विकास बैंकहरुको गैर बैकिङ्ग सम्पत्ती बढेको बढ्यै, खराब कर्जा बढेर तीन अर्ब ६५ करोड भन्दा बढिः राष्ट्र बैंक बेखबर !
नेपालमा सञ्चालित विकास बैंकहरुमा पनि वाणिज्य बैंक जस्तै गैर बैकिङ्ग सम्पत्ती थुप्रिएको छ । भन्दा अब फरक पर्दैन । विकास बैंकहरुको गैर बैकिङ्ग सम्पत्ती –एनबीए) बढेर तीन अर्ब ६४ करोड ९५ लाख ५० हजार पुगेको भेटिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब २६ करोड ४२ लाख ८० हजार रुपैयाँँ बढी हो । गत वर्ष सबै विकास बैंकहरूको कुल गैरबैंकिङ सम्पत्ति दुई अर्ब ३८ करोड ५२ लाख ७० हजार रुपैयाँ थियो । भन्दा फरक पर्दैन । २०८१ कात्तिक मसान्तसम्म महालक्ष्मी विकास बैंकको गैरबैंकिङ सम्पत्ति ५९ करोड ५२ लाख ४० हजार रुपैयाँ पुगेको देखिन्छ ।
जुन गत आर्थिक वर्ष (आव)को सोही अवधिमा महालक्ष्मीमा ५४ करोड ६५ लाख रुपैयाँँ रहेको थियो । क्षेत्रीयस्तरको नारायणी डेभलपमेन्ट बैंकको गैरबैंकिङ सम्पत्ति एक करोड ४२ लाख ८० हजार रुपैयाँँ छ । जुन गत आर्थिक वर्षमा शून्य थियो । साँग्रिला डेभलपमेन्ट बैंकको गैरबैंकिङ सम्पत्ति गत कात्तिकसम्म ३० करोड सात लाख ३० हजार रुपैयाँँ छ । जुन गत वर्ष सोही अवधिमा २७ करोड ५९ लाख ६० हजार रुपैयाँँ थियो । एक्सेल र मितेरी डेभलपमेन्ट बैंकको गैरबैंकिङ सम्पत्ति पनि क्रमशः १५ करोड ७४ लाख ७० हजार रुपैयाँ र दुई करोड २३ लाख ९० हजार रुपैयाँँ छ । गत वर्ष कात्तिकमा क्रमशः १५ करोड ७४ लाख ७० हजार रुपैयाँ र दुई करोड १६ लाख १० हजार रुपैयाँँ थियो ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा पनि पछिल्लो अवधिमा गैरबैंकिङ सम्पत्ति बढेर १९ करोड ७५ लाख ४० हजार रुपैयाँँ पुगेको छ । गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो सम्पत्ति नौ करोड तीन लाख ३० हजार रुपैयाँ रहेको थियो ।
कात्तिक मसान्तसम्म मुक्तिनाथ विकास बैंकसँग ४३ करोड १६ लाख ५० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । जुन गत वर्ष कात्तिकमा २३ करोड ११ लाख ३० हजार रुपैयाँँ थियो । यसैगरी गरिमा विकास बैंकसँग २१ करोड ४७ लाख ३० हजार रुपैयाँँ गैरबैंकिङ सम्पत्ति छ । गत वर्ष १८ करोड ७२ लाख ७० हजार रुपैयाँँ थियो । कामना सेवा विकास बैंकको गैरबैंकिङ सम्पत्ति ३५ करोड २१ लाख ४० हजार रुपैयाँँ छ । जुन गत वर्ष ३३ करोड ४४ लाख ४० हजार रुपैयाँँ थियो । यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकसँग ११ करोड ९१ लाख ३० हजार रुपैयाँँ गैरबैंकिङ सम्पत्ति छ । गत वर्ष १० करोड ८१ लाख ७० हजार रुपैयाँँ थियो ।
विकास बैंकहरूमध्येमा सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति ज्योति विकास बैंकसँग छ । ज्योति विकास बैंकसँग गत कात्तिकसम्म ८१ करोड ८८ लाख ३० हजार रुपैयाँँ गैरबैंकिङ सम्पत्ति छ ।
एक वर्षअघि यस्तो सम्पत्ति १६ करोड नौ लाख ७० हजार रुपैयाँँ थियो । शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा पनि पछिल्लो अवधिमा गैरबैंकिङ सम्पत्ति बढेर १९ करोड ७५ लाख ४० हजार रुपैयाँँ पुगेको छ । गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो सम्पत्ति नौ करोड तीन लाख ३० हजार रुपैयाँ रहेको थियो । लुम्बिनी विकास बैंकमा भने पछिल्लो समय गैरबैंकिङ सम्पत्ति घटेको छ । लुम्बिनीको गैरबैंकिङ सम्पत्ति १८ करोड ८० लाख १० हजार रुपैयाँँ रहेको छ । गत आवको सोही अवधिमा लुम्बिनीमा यस्तो सम्पत्ति २१ करोड ५८ लाख २० हजार रुपैयाँँ रहेको थियो । सिन्धु विकास बैंकमा भने पछिल्लो समय गैरबैंकिङ सम्पत्ति बढेर १३ करोड ६१ लाख ९० हजार रुपैयाँँ पुगेको छ । गत आवको सोही अवधिमा सिन्धुमा यस्तो सम्पत्ति पाँच करोड ३० लाख ३० हजार रुपैयाँँ रहेको थियो ।
सप्तकोशी डेभलपमेन्ट बैंकमा पनि चालू आवको कात्तिक मसान्तसम्ममा गैरबैंकिङ सम्पत्ति बढेर १० करोड ६६ लाख ८० हजार रुपैयाँँ पुगेको छ । गत आवको सोही अवधिमा सप्तकोशीमा यस्तो सम्पत्ति २४ लाख ९० हजार रुपैयाँ रहेको थियो ।
साल्पा विकास बैंकमा पछिल्लो समय गैरबैंकिङ सम्पत्ति बढेर २२ लाख २० हजार रुपैयाँँ पुगेको छ । गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो सम्पत्ति शून्य रहेको थियो । सप्तकोशी डेभलपमेन्ट बैंकमा पनि चालू आवको कात्तिक मसान्तसम्ममा गैरबैंकिङ सम्पत्ति बढेर १० करोड ६६ लाख ८० हजार रुपैयाँँ पुगेको छ । गत आवको सोही अवधिमा सप्तकोशीमा यस्तो सम्पत्ति २४ लाख ९० हजार रुपैयाँ रहेको थियो । ग्रीन डेभलपलेन्ट बैंकमा पनि पछिल्लो अवधिमा ५१ लाख ४० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा यो बैंकमा यस्तो सम्पत्ति शून्य रहेको थियो ।
अहिले छैन कर्जाको माग
कर्जाको ब्याजदर एकल बिन्दुमा झरे पनि बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको कार्तिकसम्मको तथ्यांकअनुसार कर्जाको औसत ब्याजदर ९.०७ प्रतिशतमा झरेको छ । पछिल्लो समय बैंकहरुमा अधिक तरलता थुप्रिएको छ ब्याजदर पनि निरन्तर रूपमा घट्दो अवस्थामा छ । ब्याजदर जति घटे पनि अर्थतन्त्र चलायमान नहुँदा कर्जाको माग भने बढेको छैन । चालु आर्थिक वर्षको ५ महिनामा २ खर्ब पनि कर्जा लगानी हुन सकेको छैन । अहिले बैंकहरूमा ७ खर्ब बढीको लगानीयोग्य रकम छ । तर बजारमा कर्जाको माग छैन । बैंकहरूलाई यति बेला खराव कर्जा र अधिक तरलता दुवै व्यवस्थापन गर्न चुनौती देखिएको छ । बैंकहरूमा थुप्रिएर बसेको ७ खर्ब व्यवस्थापन गर्न नसके बैंकहरूमा समस्या आउन सक्ने बैंकरहरूले बताएका छन् ।
अहिले बढ्यो खराब कर्जा
असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको औसत खराब कर्जा अनुपात ४.४२ प्रतिशत छ । जसले पछिल्ला दिनमा वाणिज्य बैंकहरूको लाभांश क्षमता कमजोर बन्दै गएको देखाउँछ । गभर्नर साब हेक्का होस् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०–८१ को असोज मसान्तसम्मको तथ्याङ्क अनुसार बैंकहरूले परिपक्व भएर उठाउन नसकेको ब्याज करिब १ खर्ब ३६ अर्ब पुगेको छ । असोज २०८० मा १ खर्ब २० अर्ब ३८ करोड ९४ लाख थियो । यो भनेको एक वर्षमा १२.८ प्रतिशत बढी हो । भन्दा फरक पर्दैन । आउँदो पुसमा खराब ऋण एकदेखि डेढ प्रतिशत विन्दुले बढ्ने प्रक्षेपण बैंकरहरुले गरिसकेका छन् । यसले बैंकहरू झन् प्रेसरमा देखिएका छन् । देशको करिब ८० प्रतिशत ऋण हिस्सा जोडिएका वाणिज्य बैंकहरूको ब्याज नउठ्दा समस्या देखिएको छ । बैंकको खराब कर्जा बढ्दै जानु अर्थतन्त्रकै घातक हो । सचेत भया ।