Sticky Breaking News
राष्ट्र बैंकको नालायकीपन कै कारण विकास बैंकहरुद्वारा नक्कली ऋणी खडा गरी कर्जा प्रवाह !
नेपाल राष्ट्र बैंककै नालायकीपनकै कारण विकास बैंक र फाइनान्स कम्पनीहरुले संस्थागत सुशासनको धज्जी उडाएका छन् । भन्दा अब चाहि फरक पर्दैन । केही विकास बैंक र फाइनान्स कम्पनीहरुले नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरेको समेत खुलेको छ । यसका कारण राष्ट्र बैंकले कर्णाली विकास बैंक माथी हस्तक्षेप गरेको हो भन्दा अब फरक पर्दैन । बलियो नियामक निकाय भनिएको नेपाल राष्ट्र बैंक अन्तर्गत संचालनमा रहेका विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि सहकारी संस्थाहरुकै जस्तो समस्या देखिएको छ । राष्ट्र बैंकअन्तर्गतका संस्थाहरुमा वर्षमा एकपटक स्थलगत अनुगमन हुन्छ । त्यसमाथि साप्ताहिक, मासिक, त्रैमासिक रुपमा तिनीहरुको वित्तीय विवरणको अनुगमन पनि हुन्छ । तर पनि ती संस्थाहरुको हालत नियामकै नभएको सहकारी संस्थाजस्तो कर्जा प्रवाह गरेको भेटिएको छ ।
निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसक्ने अवस्थामा पुगेपछि नेपाल राष्ट्र बैंकले सार्वजनिक विदा (क्रिसमस) का दिन कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था’ घोषणा गर्दै व्यवस्थापन नै नियन्त्रणमा लिएको छ । भन्दा अब फरक पर्दैन । न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत नाघेलगत्तै दुई साताअघि शिघ्र सुधारात्मक कारबाही थालेको राष्ट्र बैंकले कर्णालीमा निक्षेपकर्ताको पैसा तिर्ने आधार नभेटेपछि हतारहतार व्यवस्थापन नियन्त्रण लिएको देखिन्छ ।
सहकारी संस्थाहरुमा सर्वसाधारणको ८८ अर्ब डुबेको प्रतिवेदन सार्वजनिक भइसकेको छ । यसअघि राष्ट्र बैंककै नियमनभित्र पर्ने लघुवित्तमा पनि समस्या देखिएको थियो । लघुवित्तमा यतिउति रकम डुबेको यकिन नभएपनि निक्षेप लगानी गरेका कयौं बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकसँग डुबेको पैसालाई सेयरमा परिवर्तन गर्न दिन माग गरिरहेका छन् । भन्दा फरक पर्दैन । राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई नियन्त्रणमा लिएर सुधार प्रक्रिया थाल्दै गर्दा आधा दर्जन अन्य कम्पनी पनि समस्यामा पुगेको भेटिएको छ ।
अहिले समस्याग्रस्त भएको कर्णाली विकास बैंकले गत असोज मसान्तमा खराब कर्जा अनुपात ७.२७ प्रतिशत र पुँजी पर्याप्तता अनुपात १०.०५ प्रतिशत देखाएको थियो । तर, राष्ट्र बैंकले खोजबिन गर्दा खराब कर्जा ४०.८५ र पुँजी पर्याप्तता अनुपात ऋणात्मक रहेको भेट्टियो । त्यही आधारमा उसले कर्णाली विकास बैंकलाई कारबाही सुरु गरेको देखिन्छ । भन्दा फरक पर्दैन ।
अहिले १७ विकास बैंक र १५ वटा फाइनान्स कम्पनीहरु संचानमा छन् । त्यसमध्ये कर्णालीसहित ३ विकास बैंक र अर्को ३ वटा फाइनान्सको अवस्था अत्यन्तै कमजोर मात्रै बनेका छैनन् कुन बेला राष्ट्र बैंकले हस्तक्षेप गर्ने हो त्यो हेर्न बाँकी छ । आफन्तका साथै ठूला पार्टी (घरजग्गा तथा व्यवसायमा काम गर्ने) हरुलाई लगानी गर्नुका साथै नाफा बढी देखाउन आक्रामक लगानी गरेका कारण यी संस्थाहरु कर्णाली डेभलपमेन्टजस्तै बन्न पुगेका छन् । भन्दा फरक पर्दैन ।
सप्तकोशी डेभलपमेन्ट बैंकको समस्या यसअघिका प्रमुख कार्यकारी अधिकृत नविनकुमार सुवेदीबाट सृजित भएको प्रस्टै देखिन्छ । उनले रेमिटेन्स आएको देखाएर त्यो पैसा बाहिर लगेको अनुसन्धानमा पनि खुलेको छ । त्यसबाहेक बैंकले अनधिकृत रुपमा लगानी बढाएको थियो ।
कर्णालीसहित नारायणी डेभलपमेन्ट बैंक, सप्तोकशी डेभलपमेन्ट बैंक, समृद्धी फाइनान्स, पोखरा फाइनान्स र जानकी फाइनान्सको अवस्था वित्तीय हिसाबले राम्रो देखिदैन । गभर्नर साब हेक्का होस् । सप्तकोशी डेभलपमेन्ट बैंकको समस्या यसअघिका प्रमुख कार्यकारी अधिकृत नविनकुमार सुवेदीबाट सृजित भएको प्रस्टै देखिन्छ । उनले रेमिटेन्स आएको देखाएर त्यो पैसा बाहिर लगेको अनुसन्धानमा पनि खुलेको छ । त्यसबाहेक बैंकले अनधिकृत रुपमा लगानी बढाएको थियो । त्यही कारण सप्तकोशी आर्थिक रुपमा समस्यामा परेको भेटिएको छ । गभर्नर साब हेक्का होस् ।
नारायणी डेभलपमेन्ट बैंक यसअघि पनि समस्याग्रस्त घोषणा भएर नयाँ लगानीकर्ताहरु प्रवेश गराएर जोगाउनु परेको थियो । अहिले आएर यो विकास बैंक पुरानै तरिकाले संचालन गरियो । यसको नतिजा खराब कर्जा अनुपात ३५ प्रतिशत पुगिसकेको देखिन्छ । फाइनान्स कम्पनीमा पनि त्यस्तै हालत छ । जानकी फाइनान्सले सानातीना ऋणबाट आँखा उठाएर ठूलामा लगानी केन्द्रित ग¥यो । ठूला ऋणीहरुले कम्पनीको साँवा ब्याज भुक्तानी गर्न सकेनन् । उनीहरुले अरु ब्यापार व्यवसाय देखाएर घरजग्गामा लगानी केन्द्रित गरेका थिए । त्यसको असर खराब ऋण अनुपात ३४ प्रतिशत नाघेको देखिन्छ । गभर्नर साब ।
पोखरा फाइनान्स कोभिड–१९पछि आक्रामक रुपमा लगानी वृद्धीमा लाग्यो ।
विकास बैंक र फाइनान्स कम्पनीहरुले उपस्थित नभएको बैठकको भत्ता लिने, आमन्त्रण नभएको विदेश भ्रमण संस्थाको खर्चमा गर्ने, आफ्नो परिवार वा व्यवसायको नाममा ऋण लिने र आफन्तको ब्याज छुट गर्ने कार्यमा संचालक समितिका सदस्य र प्रमुख कार्यकारीहरु लागेको राष्ट्र बैंकले भेट्टाएको थियो । आन्तरिक नियन्त्रण प्रणाली कमजोर भएकोसमेत उल्लेख गरेको थियो । तर उसले कैफियतहरु प्रतिवेदनमा राख्यो, कारबाही भने गरेन ।
लकडाउनलगत्तैका केही महिना अर्थतन्त्रले उचाइ लिएको थियो । त्यसको लाभ उठाउन भन्दै पोखरा फाइनान्स पनि लगानीमा आक्रमक बनेको थियो । अहिले ती ऋण उठेका छैनन् र समस्यामा परेको छ । समृद्धी फाइनान्सले पनि संचालकले भनेका ठाउँमा मात्र लगानी गरेको छ । ती ऋण उठ्न सकेको छैन । समृद्धी र पोखरा दुबैको खराब कर्जा नियामकीय प्रावधानभन्दा निक्कै माथि पुगिसकेको भेटिएको छ । हेक्का होस् । नेपाल राष्ट्र बैंकलाई विकास बैंक र फाइनान्स कम्पनीहरुमा समस्या निक्कै छ भन्ने पहिले नै थाहा थियो । उसले बेलैमा त्यसमा कारवाही नगर्दा अहिले कर्णाली डेभलपमेन्ट बैंक बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको हो । भन्दा फरक पर्दैन । गभर्नर साब ।
गत असार ५ गते नै राष्ट्र बैंकले एक विस्तृत प्रतिवेदन सार्वजनिक गर्दै विकास बैंक र फाइनान्स कम्पनीहरुमा थुप्रै बेथितिहरु रहेको उल्लेख गरेको थियो । यी विकास बैंक र फाइनान्स कम्पनीहरुले उपस्थित नभएको बैठकको भत्ता लिने, आमन्त्रण नभएको विदेश भ्रमण संस्थाको खर्चमा गर्ने, आफ्नो परिवार वा व्यवसायको नाममा ऋण लिने र आफन्तको ब्याज छुट गर्ने कार्यमा संचालक समितिका सदस्य र प्रमुख कार्यकारीहरु लागेको राष्ट्र बैंकले भेट्टाएको थियो । आन्तरिक नियन्त्रण प्रणाली कमजोर भएकोसमेत उल्लेख गरेको थियो । तर उसले कैफियतहरु प्रतिवेदनमा राख्यो, कारबाही भने गरेन । गभर्नर साब कारण के हो ? सचेत भया ।