सन् २०२४ मध्यपूर्व द्वन्द्व निकै चर्चाको विषय रह्यो । इजरायलले गाजामा आफ्नो युद्ध जारी राख्यो । इजरायलको आक्रमणबाट धेरै प्यालेस्टिनीहरूले ज्यान गुमाए । इजरायलले लेबनान र यमनमा पनि आक्रमण गरेर हजारौंको ज्यान लियो ।
त्यसैगरी सिरियामा २४ वर्षदेखि सत्तामा रहेका बशर अल–असदको सरकार अपदस्थ भयो । इस्लामवादी विद्रोही समूहले नोभेम्बर २७ तारिखमा शुरू गरेको आक्रमणपछि राष्ट्रपति बशर अल–असद देशबाट भाग्न बाध्य हुनुभयो ।
यो वर्ष पनि रुस–युक्रेनबीचको लडाइँले मानवीय तथा भौतिक क्षति पुर्याएको छ । केही समय रोकिएको सुडान युद्ध यो वर्ष पनि चलिरह्यो । द्वन्द्वले अरू क्षतिसँगै एक करोड १० लाख जना मानिसलाई विस्थापित गरेको छ । यो सँगसँगै यी युद्धले त्यस क्षेत्रका बैंकवित्तीय क्षेत्रलाई पनि नराम्रोसँग असर पा¥यो ।
गाजा पट्टीमा इजरायली युद्धले १५ महिनाको निरन्तर द्वन्द्वपछि यस क्षेत्रमा सञ्चालित बैंकहरूको करिब ९३ प्रतिशत शाखाहरू नष्ट भएको विश्व बैंकले जनाएको छ ।
जेरुसेलममा वितरण गरिएको एक प्रतिवेदनमा विश्व बैंकले युद्धले ८८ प्रतिशत लघुवित्त संस्था, अधिकांश मुद्रा विनिमय सेवा र ८ प्रतिशत बीमा कम्पनीलाई पनि नष्ट गरेको बताएको छ ।
विश्व बैंक र प्यालेस्टाइन मौद्रिक प्राधिकरणको लगातार तथ्यांक अनुसार गाजा स्ट्रिपमा ९४ वटा एटीएममध्ये तीन मात्र हाल सञ्चालनमा रहेका प्रतिवेदनमा भनिएको छ ।
गाजाका प्यालेस्टिनीहरूले खाद्यान्न र औषधि लगायतका आधारभूत वस्तुहरू र सेवाहरू तिर्न संघर्ष गरिरहेका छन् । बैंकिङ प्रणालीमा अवरोधहरूले निजी क्षेत्रको उत्पादन पुनः सुरु गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने क्षमतामा बाधा पु¥यायो ।
यस्तै यी युद्धले आर्थिक अस्थिरता निम्त्यायो । जसले गर्दा बैंकहरूले लगानीमा उच्च जोखिम देखे । यही युद्धले ब्याजदरमा समेत प्रभाव पारेको थियो । जसको सीधा असर कर्जाहरूमा प¥यो ।
यस्तै बैंकहरुको पूर्वाधार पनि धेरै नस्ट हुन हुन पुगेको छ । अन्ततः युद्धले यी देशहरुमा उपभोक्ता विश्वासमा कमी आयो भने बैंकिङ्ग गतिविधिहरूमा गिरावट ल्याएको देख्न सकिन्छ । यसर्थ, यी युद्धले धेरै देशहरूमा आर्थिक अस्थिरता र मुद्रास्फीति निम्त्याएको छ । जसले बैंकिङ प्रणालीमा जोखिम बढाएको छ । साथै, बैंकहरूको तरलता र लगानी क्षमतामा समेत असर गरेको छ ।
—