होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
आइतवार, पुस २१, २०८१
आइतवार, पुस २१, २०८१
  • होमपेज
  • कर्णाली विकास बैंकले फिर्ता गर्न थाल्यो निक्षेप रकम

कर्णाली विकास बैंकले फिर्ता गर्न थाल्यो निक्षेप रकम

कर्णाली विकास बैंकले निक्षेप रकम फिर्ता गर्न थालेको छ । नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएसँगै बैंकले बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई रकम भुक्तानी गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाका अनुसार बैंकले बिहीबार बिरामी, वृद्धि र बालबालिकालाई औषधि प्रयोजनका लागि आवश्यक कागजात पेश गरेको आधारमा अधिकतम २५ हजार रुपैयाँका दरले निक्षेप भुक्तानी गर्ने भएको हो ।


बैंकले विभिन्न १६ वटा शाखा कार्यालयबाट बिहान ११ बजेदेखि भुक्रानी सुरु भएको जनाएको छ । संस्थाको तरलताको अवस्थाका आधारमा निक्षेप रकम भुक्तानीमा वृद्धि हुँदै जाने सूचनामा उल्लेख छ ।

45
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका