कुमारी बैंक लिमिटेडले बूढानीलकण्ठमा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । यूएसएडसँगको साझेदारीमा ‘देशैभरि वर्षैभरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन भइरहेको बैंकले जनाएको छ ।
हात्तीगौंडा शाखा मार्फत बूढानीलकण्ठ नगरपालिका-४ को समन्वयमा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ । कार्यक्रममा दुई सयभन्दा बढी महिला तथा युवा उद्यमीहरूको सहभागिता रहेको बैंकको भनाइ छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल, बूढानीलकण्ठ नगरपालिका-४ का अध्यक्ष श्रीराम केसी लगायतको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रमले उद्यमी महिला तथा युवाहरूको जीवनस्तर उकास्न तथा व्यवसाय र उद्यमलाई प्राथमिक रूपमा अगाडि बढाउन प्रोत्साहन मिल्ने वडाध्यक्ष केसीले बताए ।
उद्यमी प्रशिक्षणबाट स्थानीय निकायमा रहेका उद्यमीहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।