जोडिनुहोस
सोमवार, पुस २९, २०८१
सोमवार, पुस २९, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकको २६औँ साधारण सभा : तीन संचालक निर्विरोध

माछापुच्छ्रे बैंकको २६औँ साधारण सभा : तीन संचालक निर्विरोध

माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा आइतबार भव्य रुपमा सम्पन्न भएको छ । पर्यटकीय नगरि पोखराको ‘होटल पोखरा ग्राण्ड’ मा सम्पन्न सभाबाट तीन जना संचालक समितिमा निर्विरोध चयन भएका छन् । सभाले जय मुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको हो ।

सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिबेदन पारित समेत गरेको छ । यस्तै, जि.पि.राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव पनि पारित भएको छ । सभाको अवसरमा बैंकका अध्यक्ष रोशन केसीले प्रवृधिमैत्री सेवालाई बैंकले उच्च प्राथमिकतामा राखेको बताए । प्रविधिको विकास संगसंगै देखा परेका चुनौतीहरुलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान तत्पर रहेको उनको भनाई छ ।

उनले नयाँ नयाँ प्रविधिहरुलाई आत्मसात् गर्दै आएको र समग्र देशको आर्थिक स्थितिलाई मजबूत बनाउन यथासक्य योगदान पु¥याउने उद्धेश्य बैंकले राखेको बताए । यसासाथै निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे । कृषि, नविकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडी बढिरहेको जानकारी गराए ।

सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङ्गमा जोड दिईरहेको बताए । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिहेको सीइओ कोइरालाको भनाई छ ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका