जोडिनुहोस
बुधबार, माघ २, २०८१
बुधबार, माघ २, २०८१
  • होमपेज
  • अब व्यवसाय बन्द भएकै आधारमा ऋणी कालोसूचीमा नपर्ने

अब व्यवसाय बन्द भएकै आधारमा ऋणी कालोसूचीमा नपर्ने

बैंकबाट ऋण लिएर सञ्चालन गरेको व्यवसाय बन्द भएमा ऋणी तत्कालै कालोसूचीमा नपर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार ऋणको ब्याज तथा सावाँको तोकिएको किस्ता नियमित भएको अवस्थामा व्यवसाय बन्द भए पनि त्यस्तो कर्जालाई कालोसूचीमा समावेश गर्नु नपर्ने व्यवस्था गरिएको हो ।

राष्ट्र बैंकले इजाजतपत्रप्राप्त सबै बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक तथा लघुवित्त वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनको निर्देशन नम्बर २ मा यस्तो थप व्यवस्था गरेको छ । उक्त निर्देशनको सूक्ष्म निगरानी कर्जा अन्तर्गत राष्ट्र बैंकले भनेको छ, ‘कर्जा प्रवाह भई स्थापना भएको उद्योग/परियोजना/व्यवसाय परिस्थितिजन्य कारणले सञ्चालनमा नभएतापनि पूर्वनिर्धारित व्यवस्था बमोजिम कर्जाको साँवा ब्याज नियमित रूपमा भुक्तानी भइरहेको त्यस्तो उद्योग/परियोजना/व्यवसायमा प्रवाहित कर्जा ।’

यो व्यवस्था गर्नुअघि यस्तो कर्जा खराब कर्जा अन्तर्गत समावेश हुन्थ्यो । यसको अर्थ व्यवसाय बन्द भएको अवस्थामा जतिसुकै असल ऋणीको कर्जा पनि स्वतः खराब वर्गमा रुपान्तरण हुन्थ्यो । कुनै व्यक्तिले ऋण तिर्दा र बैंकलाई समेत तिर्छु भन्ने लागेको व्यक्तिलाई पनि खराब वर्गमै रूपान्तरण गर्नुपर्ने बाध्यता थियो । यो अवस्थामा बैंकले ऋण दिए बराबरको सबै रकम प्रोभिजनिङ गर्नुपर्ने अवस्था थियो भने ऋणी समेत कालोसूचीमा पर्ने अवस्था थियो ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?