आर्थिक विशेष
प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई अर्थमन्त्रीको निर्देशन


अर्थमन्त्री विष्णु पौडेलले रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय र गैरवित्तीय संस्थाहरुलाई निर्देशन दिएका छन्।
मन्त्री पौडेलले मंगलबार सरकारी बैंक तथा वित्तीय र गैरवित्तीय संस्थाका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर रणनीतिक योजनासहित काम गर्न निर्देशन दिएका हुन्। मन्त्री पौडेलले मंगलबार सरकारी बैंक तथा वित्तीय र गैरवित्तीय संस्थाका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर रणनीतिक योजनासहित काम गर्न निर्देशन दिएका हुन्।उनले आवश्यक पर्ने नीति तथा कानून बनाउन मन्त्रालयले सहजीकरण गर्ने भन्दै त्यसका लागि अग्रसरता लिन भनेका छन्। उनले सामान्य अवस्थाको प्रगतिले नपुग्ने भन्दै अहिले देखापरेका समस्यालाई समाधान गर्न पहलकदमी लिनुपर्नेमा जोड दिए।
अर्थमन्त्री पौडेलले संस्थाको विश्वसनियता बढाउने गरी काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।सरकारी बैंक तथा वित्तीय र गैरवित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारीले कर्जा असुलीमा समस्या रहेको भन्दै पुँजी वृद्धि र लगानी विस्तारमा केन्द्रित हुने बताएका थिए।