जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बीमा व्यवसाय सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता

नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बीमा व्यवसाय सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बीमा व्यवसाय सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। सम्झौतापत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र मुक्तिनाथ विकास बैंक लिमिटेडका डेपुटी सीईओ समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा रिमालले यस सहकार्यले निर्जिवन लघु बीमा सेवाहरू विस्तार गर्न नयाँ सम्भावनाहरू खोल्ने उल्लेख गर्दै व्यक्तिहरू र साना व्यवसायहरूलाई अप्रत्याशित जोखिमबाट जोगाउन सहयोग पुग्ने बताएका थिए। यस्तै, उनले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको लघु बीमाको अनुभव र मुक्तिनाथ विकास बैंकको बैंकिङ पहुँचलाई समाहित गरेर सिमान्तकृत लगायत समुदायलाई सशक्त बनाउने लक्ष्य लिएको जानकारी दिए।

सोही क्रममा बज्राचार्यले यो साझेदारी केवल व्यवसायका लागि मात्र नभई नविन कार्य र प्रभावका लागि भएको बताएका थिए। उनले अब मिलेर कम आय भएका जनसंख्याका वित्तीय चुनौतीहरूको समाधान गर्ने ग्राहक केन्द्रित उत्पादनहरू विकास गर्ने र त्यसले दिगो विकासलाई टेवा पुर्‍याउने बताए।

यो सहकार्यले नवीन उत्पादनहरूको विकास, संयुक्त बजारीकरण पहलको प्रवर्धन र सेवा प्रवाहलाई सरल बनाउन खोजेको जनाइएको छ। यसले लघु बीमा सम्बन्धि वित्तीय समाधानहरूको सहज पहुँच सुनिश्चित गर्ने पनि बताइएको छ।

1470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका