Sticky Breaking News
बीमा कम्पनीहरुको दादागिरीले हद नाघ्यो, सन लाईफ, हिमालयन एभरेष्ट र नेशनल इन्स्योरेन्सलाई जे गर्न पनि छुटः निकम्मा बीमा प्राधिकरण बेखबर !


नेपालका जीवन र निजीवन बीमा कम्पनीहरुले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन रद्दीको टोकरीमा फाल्दै आएको भेटिएको छ । सुन्दा पनि अचम्म लाग्ने हेर्दा घिन लाग्ने काम माडवाडी समूदायको चर्को लगानीको सनलाईफ इन्स्योरेन्स कम्पनी भित्र देखा परेको छ भन्दा फरक पर्दैन । स्थापना कालदेखिनै यस कम्पनीले डिसीइओ नियुक्त गरेको छैन । तरपनि निकम्मा नेपाल बीमा प्राधिकरण बेखबर देखिन्छ । कारण के हो ? यसको खोजी अब जरुरी देखिन्छ । यता नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, सुर्यज्योती लाईफ इन्स्योरेन्स कम्पनी, मेट लाईफ इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, यूनाइटेड अजोड इन्स्योेरेन्स कम्पनी लगायत दर्जनौ बीमा कम्पनीले पनि डिसीइओ नियुक्त गर्न सकेको छैन ।
दर्जनौ पत्र नेपाल बीमा प्राधिकरणले डिसीइओ नियुक्तका लागि काटे पनि उसले अटेर गरेको खुलेको छ । के सनलाईफ इन्स्योरेन्स कम्पनीलाई कानून लाग्दैन नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालज्यू हेक्का होस् ।
३ महिना भित्र कुनै पनि बीमा कम्पनीले डिसीइओ नियुक्त गर्नुपर्ने कानुनुी प्रावधान छ तर, स्थापनाका ८ वर्ष पुग्दा समेत सधैं विवादमा फस्दै आएको कर्मचारीको शेयर सञ्चालक र सिइओको नाममा राखी बदमासी गर्दै आएको सनलाईफ इन्स्योरेन्स कम्पनीले डिसिइओ नियुक्त गरेको छैन । दर्जनौ पत्र नेपाल बीमा प्राधिकरणले डिसीइओ नियुक्तका लागि काटे पनि उसले अटेर गरेको खुलेको छ । के सनलाईफ इन्स्योरेन्स कम्पनीलाई कानून लाग्दैन नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालज्यू हेक्का होस् । तत्कालै छानवीन होस् ।
कुनै पनि बीमा कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को पद ३ महिनाभन्दा बढी रिक्त राख्न पाउँदैनन् । अर्थमन्त्रीज्यू हेक्का होस् । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० अनुसार कुनै पनि कम्पनीका डीसीईओ पद रिक्त भएको ३ महिनाभित्र पदपूर्ति गरिसक्नु पर्ने देखिन्छ । ‘उपकार्यकारी प्रमुख पद रिक्त भएको तीन महिनाभित्र पदपूर्ति गरिसक्नु पर्नेछ,’ निर्देशिकाको दफा २८ को उपदफा ३ मा लेखिएको देखिन्छ । कानुनमा नै उल्लेख भएको व्यवस्थालाई बीमा कम्पनीहरूले वेवास्ता गर्दै आएका छन् । नियमनकारी निकायले पनि एक्सन लिन नसक्दा कम्पनीहरूले कानुनको लक्ष्मणरेखालाई मिच्दै आएको भेटिएको छ । भन्दा फरक पर्दैन ।
हाल नेपालमा ३७ वटा बीमा कम्पनीहरू रहेका छन् । १४ जीवन, १४ निर्जीवन, २ पुनर्बीमा र ७ वटा लघु बीमा कम्पनीहरू रहेका छन् । जसमध्ये ८ वटा कम्पनीमा डीसीईओको पद रिक्त रहेको छ । केही कम्पनीमा महिनौंदेखि डीसीईओ पद अझै रिक्त रहेको देखिन्छ भने केही कम्पनीले स्थापनादेखि नै डीसीईओमा पदपूर्ति नै गरेका छैनन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष दाहालज्यू ?
कानुनमै यस्तो व्यवस्था भए पनि यहाँ केही कम्पनीमा स्थापना (विगत ८ वर्ष) कालदेखि डीसीईओ विहीन छन् अनि नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण मौन रहेको छ । कारण के हो ? हाल नेपालमा ३७ वटा बीमा कम्पनीहरू रहेका छन् । १४ जीवन, १४ निर्जीवन, २ पुनर्बीमा र ७ वटा लघु बीमा कम्पनीहरू रहेका छन् । जसमध्ये ८ वटा कम्पनीमा डीसीईओको पद रिक्त रहेको छ । केही कम्पनीमा महिनौंदेखि डीसीईओ पद अझै रिक्त रहेको देखिन्छ भने केही कम्पनीले स्थापनादेखि नै डीसीईओमा पदपूर्ति नै गरेका छैनन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष दाहालज्यू ? सन् नेपाल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, मेटलाइफ, नेशनल इन्स्योरेन्स, यूनाइटेड अजोड इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टीमा माइक्रो लाइफ इन्स्योरेन्समा डीसीईओ पद रिक्त रहेको छ । सन् नेपाल लाइफ ७औं वर्ष पार गरेर अहिले ८औं वर्षमा चल्दै छ । ८ वर्षमा प्रवेश गरेको कम्पनीले हालसम्म डीसीईओ पदमा कसैलाई नियुक्त नै गरेको छैन । अर्थात ८ वर्षसम्म कम्पनी डीसीईओ विहीन छ । यो कस्तो अचम्म हो बीमा प्राधिकरणका अध्यक्षज्यू, सनलाईफलाई यो देशको कानून लाग्दैन ?
रेग्मीले विगतमा पनि सचेत गराएको उल्लख गर्दै ३ महिनाभन्दा धेरै अवधि डीसीईओ पद रिक्त रहेका कम्पनीलाई कारबाही गर्ने चेतावनी दिए । ‘हामीले केहि महिनाअघि पनि कम्पनीहरूलाई डीसीईओ नियुक्त गर्नु भनेर पत्र पठाएका थियौं,’ उनले भने, ‘कम्पनीहरूले अटेर गरेको देखियो । अब हामी कारबाही गछौं नि ।’
नेपाल बीमा प्राधिकरणका निर्देशक कमल रेग्मीले पंक्तिकारसंग भनेः– तोकिएको समयभित्र डीसीईओ पदपूर्ति नगर्ने कम्पनीलाई कारबाही हुन्छ नि । रेग्मीले विगतमा पनि सचेत गराएको उल्लख गर्दै ३ महिनाभन्दा धेरै अवधि डीसीईओ पद रिक्त रहेका कम्पनीलाई कारबाही गर्ने चेतावनी दिए । ‘हामीले केहि महिनाअघि पनि कम्पनीहरूलाई डीसीईओ नियुक्त गर्नु भनेर पत्र पठाएका थियौं,’ उनले भने, ‘कम्पनीहरूले अटेर गरेको देखियो । अब हामी कारबाही गछौं नि ।’ के कारबाही गर्नुहुन्छ भन्ने प्रश्नमा उनीले थपे ‘कानुनअनुसार कारबाही हुन्छ । हामी फेरि पत्र काट्छौं, स्पष्टीकरण लिन्छौं अनि कानुन बमोजिम कारबाही गछौं ।’ नेपाल बीमा प्राधिकरणलाई अटेर गर्ने यि र यस्ता कम्पनीलाई तत्कालै कारवाही गर्न अब ढिलो भैसकेको छ । हेक्का होस् । सचेत भया ।