जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२

तरलता सुधारको संकेत

विकास ऋणपत्रको ब्याजदर बढ्न थालेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले माघ महिनामा निष्कासन गरेको विकास ऋणपत्र बैंक तथा वित्तीय संस्थाले पाँच महिनापछि पाँच प्रतिशत भन्दा धेरै ब्याजदर बोलकबोल गरेका हुन् । कार्यालयले चालु आर्थिक वर्षमा १७ पटक बण्डको बोलकबोल गरेको छ । यसमध्ये साउन महिनामा गरिएको बोलबकोलमा ब्याजदर ५ प्रतिशतभन्दा माथि थियो । भदौदेखि पुससम्म गरिएको बोलबकोलमा ब्याजदर बढ्न सकेको थिएन ।

योबिचमा तीन वर्षे विकास ऋणपत्रको ब्याजदर ३.७९ प्रतिशतसम्म झरेको थियो । योबिचमा १० वर्ष अवधिको ऋणपत्रको ब्याजदर समेत ४.३४ प्रतिशतमा कटअफ भएको थियो । माघ महिनामा कार्यालयले पाँच पटकसम्म ऋणपत्रको ब्याजदर बोलकबोल गराएको छ । यसमध्ये ब्याजदर बोलकबोल गरेको छ । यसमध्ये चार पटक ब्याजदर ५ प्रतिशत भन्दा माथिको विन्दुमा कटअफ भएको देखिन्छ ।

कार्यालयले माघ २ गते ९ वर्षे विकास ऋणपत्रको बोलकबोलमा ब्याजदर ५.५९ प्रतिशतमा कटअफ भएको थियो । त्यस्तै, माघ १० गते निष्कासन भएको ८ वर्षे ऋणपत्रमा ५.०४ प्रतिशतमा कटअफ भएको थियो । त्यस्तै, १५ गते ११ वर्षे ऋणपत्र बोलकबोलमा ५.०५ प्रतिशत, २३ गते ६ वर्षे ऋणपत्रको बोलबकोलमा ४.५० प्रतिशत बोलकबोल भएको थियो । माघको अन्तिम दिन गत बुधबार भएको पछिल्लो बोलकबोलमा फेरि ब्याजदर बढेर कटअफ प्राइस ५.३४ प्रतिशत पुगेको हो

280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका