जोडिनुहोस
बुधबार, चैत्र १९, २०८१
बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • पूर्वराजाले भने – हाम्रो त्यागलाई कमजोरी नठानियोस्

पूर्वराजाले भने – हाम्रो त्यागलाई कमजोरी नठानियोस्

पूर्व राजा ज्ञानेन्द्र शाहले व्यवस्था बदल्नेबाट नागरिकको अवस्था परिवर्तन हुन नसकेको आरोप लगाएका छन् । प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा शुभकामना सन्देश प्रसारित गर्दै शाहले व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्रोसँग बदल्न नसक्नु दुःखद भएको टिप्पणी गरेका हुन् । राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम राख्न आफूलाई साथ दिन नागरिकलाई उनले आह्वान गरे ।

जनताको भलोका लागि आफूले ओहोदा र सुख सुविधा त्यागेको शाहको दाबी छ । राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न शाहले दलहरुलाई चेतावनी दिए । नेपालको उन्नतिका लागि त्याग गरेको र जनहीतमा अन्य कुरा पनि त्याग्न तयार रहेको बताए ।

जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागि परेको इतिहास साक्षी रहेको उल्लेख गरे । प्रजातन्त्र आजको शासन पद्धतिमा उच्चतम पद्धति हुनुपर्ने शाहले बताए । प्रजातन्त्रमा सबैको पहिचान र अस्तित्व हुनुपर्ने उनले बताए ।

‘निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन,’ शाहले भिडियो वक्तव्यमा भनेका छन्,‘पक्ष विपक्षको अहंकार आ आफ्नै खालको स्वार्थ तथा हठले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।’

देशको इतिहास मेटिँदै गएको अनुभूति पूर्व राजा शाहले गरेका छन् । नेपालीको पसिना स्वदेशमा नभई बाहिर पोखिएको शाहले बताए । ‘जन्मदै नेपालीको शिरमा हजारको होइन, लाखको ऋणभार बोझ छ,’ शाहले भने । विद्यार्थी र शिक्षक पातलिँदै गएको र व्यवसाय, व्यापार निरन्तर धरासायी भएको शाहको बुझाइ छ ।

335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका