जोडिनुहोस
सोमवार, बैशाख १, २०८२
सोमवार, बैशाख १, २०८२
  • होमपेज
  • नेपालमा एमसीसी स्थगित भएको अर्थ मन्त्रालयको पुष्टि

नेपालमा एमसीसी स्थगित भएको अर्थ मन्त्रालयको पुष्टि

नेपालमा अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) स्थगित गरिएको अर्थ मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्यामप्रसाद भण्डारीका अनुसार एमसीसीले इमेलमार्फत स्थगनको जानकारी गराएपछि मन्त्रालयले यो निर्णय लिएको हो।

अमेरिकामा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले खर्च कटौती गर्दै अमेरिकी सहयोग नियोग यूएसएआईडीका कार्यक्रम बन्द गराएको थियो। त्यसको असर नेपालमा पनि परेको देखिएको छ।

नेपालमा एमसीसी सम्झौता २०७४ सालमै सम्पन्न भएको थियो। अमेरिकी ५०० मिलियन डलर र नेपाल सरकारको १९७ मिलियन डलर खर्च गरी ३०० किलोमिटर विद्युत् प्रसारण लाइन, सबस्टेशन निर्माण तथा ७७ किलोमिटर सडक स्तरोन्नति र मर्मत गर्ने योजना थियो।

तर, नेपालमा एमसीसी सम्झौता निकै विवादित रह्यो। विशेष गरी वामपन्थी दलहरूले यसलाई अमेरिकी सामरिक इन्डो-प्यासिफिक रणनीतिको हिस्सा भन्दै अस्वीकार गरे। लामो विवादपछि २०७८ साल फागुन १५ गते संसदले १२ बुँदे व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन गरेको थियो।

सन् २०२२ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले सदनबाट एमसीसी अनुमोदन गराएपछि डेढ वर्षअघि यसको कार्यान्वयन सुरु भएको थियो।

नेपाल र अमेरिका बीच भएको यो सम्झौता नेपालको इतिहासमै सर्वाधिक ठूलो अमेरिकी अनुदान हो। तर, चीनले एमसीसीलाई वाशिङ्टनले काठमाण्डूमा जबरजस्ती लादिएको सम्झौताका रूपमा टिप्पणी गर्दै आएको छ।

अहिलेको स्थगन निर्णयपछि एमसीसीको कार्यान्वयनको भविष्य अन्योलमा परेको छ।

410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?