Sticky Breaking News
बैंक र वित्तिय संस्थाहरुको खराब कर्जा डरलाग्दो, गैर बैकिङ्ग सम्पत्ती थुप्रियो, कर्जा असुली न्यायाधिकरणमा मुद्दाको चाङ्ग, सबैभन्दा बढि एनआईसी एशिया बैंक !


यतिबेला बैंकहरुको खराब कर्जा डरलाग्दोरुपले बढेर गएपछि गैरबैकिङ्ग सम्पत्ती थुप्रिएको छ भन्दा अब फरक पर्दैन । विगत वर्षहरुमा कर्जाको टार्गेट शाखा प्रमुखहरुलाई दिएका बैंकका सिइओहरुको खराब कर्जाका कारण टाउँको दुखेको देखिन्छ । यति बेला १४ वाणिज्य बैंकहरुको खराब कर्जा ४ प्रतिशत भन्दा माथी छ । खराब कर्जा बढेसँगै बैंकहरुको गैरबैकिङ्ग सम्पत्ती ८०.१२ प्रतिशत माथी पुगेको भेटिएको छ भन्दा अब चाहि फरक पर्दैन । वाणिज्य बैंकहरुको वित्तीय विवरण अनुसार अधिकांश बैंकको खराब कर्जा उच्च देखिएको छ । अहिले खराब कर्जा बैंकहरुको टाउको दुखाइको विषय बनेको छ । कर्जा प्रवाह गर्न नसकिरहेका बैंकहरुले कर्जा पनि उठाउन नसकेपछि खराबकर्जाको ग्राफ निरन्तर बढिरहेको हो । वाणिज्य बैंकहरुको खराब कर्जा पुस मसान्तमा आइपुग्दा अधिकतम ७ प्रतिशतको हाराहारीमा पुगेको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणमा १४ वटा बैंकहरुको खराबकर्जा बढेर ४ प्रतिशत माथि पुगेको छ भन्दा फरक पर्दैन ।
एउटा बैंकको भने बराबर देखिएको हो । यस्तै वाणिज्य बैंकहरूमा ८०.१२ प्रतिशत बराबर गैरबैंकिङ सम्पत्ति रहेको पाइएको छ । वाणिज्य बैंकहरूमा मात्रै ३२ अर्ब ४६ करोड बराबरको गैरबैंकिङ सम्पत्ति छ ।
पुस मसान्तसम्म आइपुग्दा २० वटा वाणिज्य बैंकहरुमध्ये १५ वटाको खराबकर्जा रेसियो गत असोजको भन्दा बढेको छ भने ४ वटा बैंकको घटेको छ । एउटा बैंकको भने बराबर देखिएको हो । यस्तै वाणिज्य बैंकहरूमा ८०.१२ प्रतिशत बराबर गैरबैंकिङ सम्पत्ति रहेको पाइएको छ । वाणिज्य बैंकहरूमा मात्रै ३२ अर्ब ४६ करोड बराबरको गैरबैंकिङ सम्पत्ति छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा भएको यो सम्पत्ति गत वर्षकोभन्दा ६४.२९ प्रतिशतले बढेको हो । गत वर्ष यस्तो सम्पत्ति १९ अर्ब ८९ करोड ६६ लाख रुपैयाँ थियो । यसैगरी, सञ्चालनमा रहेका १७ विकास बैंकहरूमा यस्तो सम्पत्ति ३ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ हाराहारीमा छ । यो गत वर्षकोभन्दा ४५.३५ प्रतिशत बढी हो। गत वर्ष २ अर्ब ५१ लाख ६७ हजार रुपैयाँ थियो । यस्तै, सञ्चालनमा रहेका १७ वित्तीय कम्पनीमा गैरबैंकिङ सम्पत्ति २ अर्ब २७ करोड ३९ करोड रुपैयाँ थुप्रिएको छ । यो गतवर्षको भन्दा ७२.५९ प्रतिशतले बढी हो । गतवर्ष १ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ थिया े।
प्राइभेट बैंकहरुमा एउटा बैंकको ग्राहक अर्कोमा नजाओस् भनेर ग्राहकलाई छिटो छरितो सेवा दिनुपर्छ । छिटो छरितो सेवा दिने बहानामा कर्मचारीहरु बढी नै खटिनुपर्ने देखिन्छ । नाफा कमाउनु प्राइभेट बैंकलाई अनिवार्य हुन्छ ।
बैंकहरुमा खराब कर्जा बढ्दा बैंकका कर्मचारीलाई तार्गेट पु¥याउनै कठिन भएको छ । मुलतः नगद जम्मा गर्ने र जम्मा भएको रकमलाई ऋण लगानी गर्ने बैंकहरुको तार्गेट रहेको हुन्छ । प्राइभेट बैंकहरुमा एउटा बैंकको ग्राहक अर्कोमा नजाओस् भनेर ग्राहकलाई छिटो छरितो सेवा दिनुपर्छ । छिटो छरितो सेवा दिने बहानामा कर्मचारीहरु बढी नै खटिनुपर्ने देखिन्छ । नाफा कमाउनु प्राइभेट बैंकलाई अनिवार्य हुन्छ । नभए बैंक घाटामा जान्छ, अनि तलब र बोनस पाउँदैनन् । त्यसैले कर्मचारीलाई यत्तिसम्म कमाउने र यति कमाउन यति नगद डिपोजिट पुर्याउने, यति कर्जा दिने भनेर सिइओ तहबाटै नै टार्गेट दिएको हुन्छ । बैंकका कर्मचारीलाई माथिबाट डिपोजिट भएन, यति पुर्याउनु पर्यो, लोन भएन, यति बढाउनु पर्यो भनेर दिनरात प्रेसर आउने गरेको एक कर्मचारीले पंक्तिकारसंग बताए । ऋणीले लिएको साँवा ब्याज उठाउन हम्मेहम्मे पर्दा बैंकरमाथि तनाव बढ्दै गएको देखिन्छ ।
बैंकको पेलानमा परेकाहरु सहन नसकी राजीनामा दिने, अन्य पेसा व्यवसाय गर्ने र नभए विदेश पलायन हुने स्थिति आएको छ । गभर्नर साब हेक्का होस् । अहिले बैंकका काम गर्ने रुची गर्ने मात्रै होइन बैंकमा जागिर गरिरहेका व्यक्तिसमेत टिक्ने क्रम घट्दो देखिन्छ ।
अर्को महत्वपूर्ण के छ भने भनसुनबाट ऋण लगेकाहरुको धितो छैन । जसका कारण सहजै ऋण असुल हुन सक्दैन । बैंकको पेलानमा परेकाहरु सहन नसकी राजीनामा दिने, अन्य पेसा व्यवसाय गर्ने र नभए विदेश पलायन हुने स्थिति आएको छ । गभर्नर साब हेक्का होस् । अहिले बैंकका काम गर्ने रुची गर्ने मात्रै होइन बैंकमा जागिर गरिरहेका व्यक्तिसमेत टिक्ने क्रम घट्दो देखिन्छ । प्रायः ३० वर्षभन्दा कम उमेर समूहका कर्मचारीहरुले राजीनामा गर्दै विदेश जाने चाहना राख्न थालेकोे देखिन्छ । कारण के हो ? वार्षिक १५ लाख रुपैयाँसम्मको सुविधा प्राप्त गर्ने अधिकृत तहका कर्मचारीले पनि राजीनामा गर्दै विदेश गएको देखिन्छ । बैंकरहरुका अनुसार गत वर्षमात्रै बैंकमा काम गरिरहेका ६–७ सय जना कर्मचारी जागिर छाडेर विदेशिएका थिए भन्दा फरक पर्दैन । बैंक वित्तीय संस्थाले विगतमा कर्जा लगानी गर्न दबाब दिएको अहिले व्यवसायीक वातावरण विग्रेको अवस्थामा जसरी पनि कर्जा असूल गर्न टार्गेट दिँदा काम गर्न समस्या भएको देखिन्छ । अर्कोकुरा मर्जरपछि अर्को बैंकबाट आएका संस्थालाई व्यवस्थापनले बढी पेल्न थालेको देखिन्छ । यसरी व्यवस्थापनको पेलाइ खाएर बस्नुभन्दा जागिरै छाडेर विदेशिनेहरु धेरै छन् ।
वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणमा १४ वटा बैंकहरुको खराबकर्जा बढेर ४ प्रतिशत माथि पुगेको छ भने एउटा बैंकको खराबकर्जा बढे पनि ३ प्रतिशतमै सीमित बनाउन सफल भएको छ ।
वाणिज्य बैंकहरुको खराब कर्जा पुस मसान्तमा आइपुग्दा अधिकतम ७ प्रतिशतको हाराहारीमा आइपुगेको देखिन्छ । विवरण अनुसार कुमारी बैंकको खराब कर्जा ६.९६ प्रतिशतमा पुगेको छ । औषतमा भने वाणिज्य बैंकहरुको खराबकर्जा ४.३३ प्रतिशतमा देखिएको छ । भन्दा फरक पर्दैन । गभर्नर साब । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणमा १४ वटा बैंकहरुको खराबकर्जा बढेर ४ प्रतिशत माथि पुगेको छ भने एउटा बैंकको खराबकर्जा बढे पनि ३ प्रतिशतमै सीमित बनाउन सफल भएको छ । ऋणीहरूबाट किस्ता र ब्याज संकलन हुन नसक्दा समग्रमा वाणिज्य बैंकहरूको खराब अर्थात् निष्क्रिय कर्जा (एनपीएल) वृद्धि भएको देखिन्छ ।
चालु आर्थिक वर्ष २०८१÷८२ को पुस महिनामा मात्रै ऋण असुली न्यायाधिकरणमा १०२ वटा मुद्दा दर्ता भएका छन् । यी मुद्दाबाट अर्बौं कर्जा असुल गर्नुपर्ने ऋण असुली न्यायधिकरणको तथ्यांकमा उल्लेख छ । भन्दा फरक पर्दैन । पुस महिनामा एनआईसी एशिया बैंकले सबैभन्दा धेरै मुद्दा दर्ता गरेको छ।
बैंकहरुबीचको खराब कर्जा बढेसँगै बैंक र ऋणीहरुबीचको विवाद पनि चुलिँदै गएको छ । सम्झौता अनुसार ऋणीहरुले ऋण नतिर्दा बैंकहरु धमाधम मुद्दा दायर गर्न थालेका छन् । चालु आर्थिक वर्ष २०८१÷८२ को पुस महिनामा मात्रै ऋण असुली न्यायाधिकरणमा १०२ वटा मुद्दा दर्ता भएका छन् । यी मुद्दाबाट अर्बौं कर्जा असुल गर्नुपर्ने ऋण असुली न्यायधिकरणको तथ्यांकमा उल्लेख छ । भन्दा फरक पर्दैन । पुस महिनामा एनआईसी एशिया बैंकले सबैभन्दा धेरै मुद्दा दर्ता गरेको छ। बैंकले ३७ वटा मुद्दा दर्ता गरेको छ, जसमार्फत बैंकले कुल ३२ करोड ५२ लाख २८ हजार ६ सय ७५.११ रुपैयाँ असुल गर्नु पर्नेछ ।
एनआइसी एशिया बैंकले विभिन्न संस्थाहरू र व्यक्तिहरू विरुद्ध मुद्दा दर्ता गरेको छ। जसमा शुभम ट्रेडर्स, ए वान पोल्टी एण्ड लाइभस्टक प्रालि, गौतम इन्टरप्राइजेज, सन्कल्प केपीएस ट्रेडिङ्ग लगायत रहेका छन् ।
जसबाट बैंकले १६ करोड ३५ लाख रुपैयाँ रकम उठाउनु पर्नेछ। त्यस्तै, ग्लोबल आइएमई बैंकले ८ वटा, नबिल बैंकले ४ वटा र माछापुच्छ्रे बैंकले १ वटा मुद्दा दायर गरेका छन्। चालु वर्षको सार्न महिनामा ५६, भदौ महिनामा ७६, असोज महिनामा ३२, कार्तिक महिनामा ४६, मंसिर ७० र पुस महिनामा १०३ वटा मुद्दा दर्ता भएको छ ।
त्यसैगरी, कुमारी बैंकले २४ वटा मुद्दा दर्ता गरेको छ । जसबाट बैंकले १६ करोड ३५ लाख रुपैयाँ रकम उठाउनु पर्नेछ। त्यस्तै, ग्लोबल आइएमई बैंकले ८ वटा, नबिल बैंकले ४ वटा र माछापुच्छ्रे बैंकले १ वटा मुद्दा दायर गरेका छन्। चालु वर्षको सार्न महिनामा ५६, भदौ महिनामा ७६, असोज महिनामा ३२, कार्तिक महिनामा ४६, मंसिर ७० र पुस महिनामा १०३ वटा मुद्दा दर्ता भएको छ । यसरी चालु वर्षको ६ महिनामै बैंक तथा ऋणीहरुले ३८२ वटा मुद्दा दर्ता गरिसकेका छन् । भन्दा फरक पर्दैन ।
पछिल्लो ३ वर्षका घटनाक्रम हेर्ने हो भने पनि नेपालका बैंकवित्तहरुप्रति विभिन्न बहानामा अनर्गल प्रचारहरु हुन थालेको देखिन्छ । बैंक डुब्ने हल्लादेखि बैंक र बैंकका कर्मचारीमाथि कुटपिटका घटनाहरुसम्म भएका छन् । बैंक लुट्ने र बम पड्काउने धम्कीदेखि कालोमोसो दल्ने, अपहरण गर्ने र शाखामा तोडफोड गर्ने भौतिक कारबाहीसम्म भएको देखिन्छ । तर, राष्ट्र बैंक बोल्दैन कारण के हो ?
सामाजिक सञ्जालमार्फत बैंकिङ क्षेत्रलाई लक्षित गर्दै विभिन्न समयमा भ्रामक सूचना फैलाइएको छ । जसका कारण बैंकका कर्मचारीहरु फिल्डमा जानै डराउन थालेको देखिन्छ
केही व्यक्ति तथा समूहले आफ्नो निहीत स्वार्थपूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाविरुद्ध अनर्गल प्रचार गर्ने गरेका छन् । ती संस्थाहरुका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरुलाई तर्साउने तथा धम्क्याउने, काममा अवरोध पु¥याउने जस्ता अराजक क्रियाकलाप हुँदै आएको छ । सामाजिक सञ्जालमार्फत बैंकिङ क्षेत्रलाई लक्षित गर्दै विभिन्न समयमा भ्रामक सूचना फैलाइएको छ । जसका कारण बैंकका कर्मचारीहरु फिल्डमा जानै डराउन थालेको देखिन्छ । गभर्नर साब । पछिल्लो समय अर्थतन्त्र सुस्त हुँदा यसको असर बैंकिङ क्षेत्रमा परेको छ । वाणिज्य बैंकहरुको कर्जा असुली प्रभावकारी हुन सकेको छैन । यसले खराब कर्जा उच्च दरमा बढेको छ ।ठूला ऋणीले बैंकको सावाँब्याज भुक्तानीमा कुनै समस्या छैन । तर, साना व्यवसायी समस्यामा पर्दा बैंकहरू अप्ठेरोमा परेका छन् । सचेत भया ।