जोडिनुहोस
सोमवार, चैत्र १७, २०८१
सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • ग्लोबल आईएमई बैंक डुब्दैछ भनी अफवाह फैलाउने स्वार्थ समूह माथी कारवाही गरः २१ बैंक र वित्तिय संस्था मिलेर बनेको बैंक हो ग्लोबल आईएमई बैंक हेक्का होस् !

ग्लोबल आईएमई बैंक डुब्दैछ भनी अफवाह फैलाउने स्वार्थ समूह माथी कारवाही गरः २१ बैंक र वित्तिय संस्था मिलेर बनेको बैंक हो ग्लोबल आईएमई बैंक हेक्का होस् !

यति बेला पाथीभरा केबलकार निर्माणलाई लिएर देशकै ठूलो २१ वटा बैंक र वित्तिय संस्था मर्जर गरि बनेको ग्लोबल आईएमई बैंक माथी प्रहार मात्रै भएको छैन । “बैंक डुब्दैछ होसियार” जस्ता कन्टेन्ट बनाएर बैंक बिरुद्ध अफवाह फैलाएको देखिन्छ । तर, निकम्मा राष्ट्र बोल्दैन कारण के हो, अर्थमन्त्रीज्यू ? नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्व बैंकमा छ तर उनी एक्लैको ग्लोबल आईएमई बैंक होइन । यस बैंकमा सर्वसाधारण लगानीकर्ताहरुको ६० अर्ब भन्दा बढि सम्पत्ती छ । यसको हेक्का हुनु जरुरी देखिन्छ । यति मात्रै होइन यो बैंक १८ वर्ष देखि र्निविवादरुपमा सञ्चालनमा आएको र राज्यलाई सबै भन्दा बढि कर तिर्ने बैंक मध्ये एउटा बैंक हो भन्दा फरक पर्दैन । हेक्का होस् ।

पाथिभरा केबलुकार निर्माणसंग नाम जोडेर बैंक माथी लगातार प्रहार गरिनुले बैंकका ग्राहक माथी कस्तो असर पर्दछ । यसको हेक्का राज्यले गर्नु पर्दछ की पर्दैन । नेपाल राष्ट्र बैंकले तत्कालै बैंकको बारेमा बोल्नुपर्दछ की पर्दैन यसको खोजी अब सुरु गर्ने बेला भएको छ । राज्यकोषमा बैंकको नाफा भन्दा बढि कर तिर्ने बैंक र वित्तिय संस्था माथी सामाजिक सञ्जाल देखि सडकसम्म भ्रम र अफवाद फैलाउने माथी राज्यले अब कारवाही गर्ने कि नगर्ने ? गतवर्ष मात्रै सरकारलाई संस्थागत आयकर र श्रोतकर कट्टी गरी छ अर्ब भन्दा बढि कर बुझाएको बैंक हो ग्लोबल आईएमई बैंक हेक्का होस् । पाथिभरा केबुलकार बन्ने नबन्ने आफ्नो ठाउँमा छ ।

केबुलकारको नाममा ग्लोबल आईएमई बैंक माथी अनागल भ्रमपूर्ण जस्तै बैंकबाट रकम निकालौ, बैंकलाई बहिस्कार गरौं, बैंक डुब्दै छ जस्ता अभिव्यक्ति दिने माथी तत्कालै कारवाही गर्न राज्य किन लाग्दैन । कर लिने कर लिएपछि कर तिर्नेको समस्या कसले हेर्ने हो । राज्यले हो कि होइन ? यसको उत्तर आम ग्राहक, डिपोजिटकर्ता, शेयरधनीहरुले खोजी रहेका छन् भन्दा फरक पर्दैन । बैंकहरु माथी लगातार प्रहार गर्नु नेपाली अर्थतन्त्र माथी प्रहार हो गर्भनर साब हेक्का होस् । देश कै ठुलो बैंक ग्लोबल आईएमई बैंकमा शेयरधनीहरुको ३८ अर्ब बढि शेयर छ । ५ अर्ब निक्षेप संकलन गरेको छ । ४ खर्ब बढि कर्जा प्रवाह गरेको छ । यस्तो बैंक डुब्दै छ भनेर भ्रमको खेती अहिले सामाजिक सञ्जालमा स्वार्थ समूहबाट भएको देखिन्छ । यो खेदजनक मात्रै छैन । आपत्तीजनक पनि छ गभर्नर साब हेक्का होस् । आफ्नै राजनीतिक स्वार्थ बोकेका दुर्गा प्रसाई, राजेन्द्र महत्तो देखि केही पहिचानवादी भनौदा व्यक्ति र समूहले केबुलकारको नाममा बैंकलाई हतियार बनाएका मात्रै छैनन् । बैंकका लाखौ लाख ग्राहकलाई तर्साएका छन् । डिपोजिट झिक्न, खाता बन्द गर्न, सामाजिक सञ्जालबाट भनिरहेका भिडियो बनाएर चलाएका छन् । कहाँ छ सरकार ? कारवाही गर्ने उसको दायित्व हो कि होइन ? कर लिएपछि बैंकहरुलाई संरक्षण गर्ने कि नगर्ने ? यसको उत्तर कसले दिने हो ? बैंकमाथि एकपछि अर्को आक्रमण हुने क्रमको सिकार अहिले ग्लोबल आईएमई बैंक बनेको छ । भन्दा अब चाहि फरक पर्दैन ।

पछिल्लो समयमा आएर ग्लोबल आइएमई बैंकमाथि प्रहारको मुख्य कारण पाथीभरा केबलकार परियोजना हो । पाथीभरामा बन्दै गरेको केबलकारविरुद्धमा उत्रिएको एक पक्षले यो केबलकार निर्माणलाई सांस्कृतिक अतिक्रमण, धार्मिक विरासत मेट्ने प्रयास, र पहिचानविरोधी गतिविधि भन्दै विरोध गरिरहेको देखिन्छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको आईएमई ग्रुपले यो परियोजनाको स्वामित्व लिएको छ । अहिले आन्दोलनकारीले ढकालको संलग्नता रहेको अन्य व्यवसायिक गतिविधिमाथि प्रहार गर्न थालेका छन् । तीमध्ये हाल ग्लोबल आइएमई बैंक विरोधी पक्षको निशानामा परेको देखिन्छ । बैंकमा जनताको अर्बौ पैसा छ । केबुलकार फरक पक्ष हो । बैंक फरक पक्ष हो । हेक्का होस् । गभर्नर साब ।
ग्लोबल आईएमई बैंकप्रति अविश्वास फैलाएर र जनतामा त्रास फैलाउने काम भएको छ । यसबाट बैंकलाई आर्थिक रूपमा क्षति पुगेको देखिन्छ । ‘ग्लोबल आईएमई बैंक डुब्दैछ’ भन्ने दाबी गर्दै अपलोड गरिएका भिडियो सनसनीपूर्ण हेडलाइनसहित प्रचार भएका छन् । यो कार्यले आम नागरिकलाई झुक्याउने काम गरेको छ, भ्रम फैलाउने काम मात्रै भएको छैन ।

बैंक र ग्राहकलाई तर्साउने काम भएको छ भन्दा फरक पर्दैन । सामाजिक सञ्जालमा बैंकिङ प्रणालीमाथि अनावश्यक डर सिर्जना गरेर केही युट्युबर र ब्लगरहरूले भ्यूज कमाउने, डलर कमाउनेसम्मको काम गरेको देखिन्छ । यि माथी कारवाही कसले गर्ने हो ? प्रेस काउन्सील नेपाल कहाँ छ किन बोल्दैन ? केही दिनअघि कमलादीस्थित ग्लोबल आईएमई बैंकको प्रधानकार्यालय अगाडि पहिचानवादीहरूले आन्दोलन नै गरे । आन्दोलनको नेृतत्व गरेर पहिचानवादी नेताहरू निरमति तुम्बाम्पो, खगेन्द्र माखिम लगायले गरेका देखिन्छ तर, राज्य किन बोल्दैन । किन फरक परियोजना बिरुद्ध बैंक माथी प्रहार भईरहेको छ ? नेपालका बैंकसँग ठूला व्यवसायी, उद्योगपति र राजनीतिक व्यक्तित्वहरूको प्रत्यक्ष सम्बन्ध हुने भएकाले, तिनलाई कमजोर बनाउने उद्देश्यले बैंकलाई निशाना बनाइएको देखिन्छ । हेक्का होस् ।

बैंकमा सर्वसाधारणहरुको शेयर छ डिपोजिट छ । कर्जा छ भन्दा फरक पर्दैन । सहकारी संस्था डुबेको घटनाले धेरैलाई बैंकिङ प्रणालीबारे त्रास भएकै बेला बैंक डुब्दैछ भन्दा पत्याउनेहरु धेरै छन् । यसले बैंकहरुलाई असर परेको देखिन्छ । गभर्नर साबलाई हेक्का पक्कै होला कि कसो ? बैंकमाथि हुने आक्रमणले निक्षेपकर्ता, ऋणी र सरोकारवालको हक, हित संरक्षण तथा सम्बद्र्धनमा गम्भीर संकट उत्पन्न हुनेछ । बैंकजस्ता नियमन र अनुशासनमा रहेर काम गर्ने पारदर्शी निकाय तथा अर्थतन्त्रभन्दा ठूलो आकारको निक्षेप र अर्थतन्त्र बराबरको कर्जा प्रवाह गर्ने संस्थामाथिको आक्रमणले पुरै अर्थतन्त्रमा नै समस्या पर्न सक्नेछ । गभर्नर साब हेक्का होस् । भनिन्छ बैंकहरू असफल भए अर्थतन्त्रमा ऋण प्रवाह रोकिन्छ, भुक्तानी प्रणालीमा समस्या आउँछ ।

सरकारी तथा निजी परियोजनामा असर पर्छ भने विदेशी लगानीकर्ताले पनि लगानी फिर्ता लैजान्छन् । गर्भनर साब कि कसो ?
यस अगाडी एनआईसी एशिया, कुमारी बैंक जस्ता बैंकहरुको बेइज्जती गरियो, कर्मचारीहरुलाई कुटपिट गरियो, कालोमोसो दलियो । आज ग्लोबल आईएमई बैंकमाथि उस्तै तरिकाको आक्रमण भएको देखिन्छ । यो गलत प्रवृत्तीको बिरुद्ध कारवाही हुन जरुरी छ । भन्दा फरक पर्दैन । ‘पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंक ग्लोबल आईएमईमाथि गरिएको प्रहार गलत छ । खेदजनक छ । आपत्तीजनक छ । बैंकमाथि प्रहारको विषयलाई बैंकहरुको छाता संगठन, बैंक सञ्चालकहरुको छाता संगठन तथा निजी क्षेत्रका अन्य संघसंस्थाले पनि विरोध गर्दै आएका छन् । सरोकारवालाले बैंकमाथि हुने यस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने माग गर्ने गरेका छन् । बैंकमाथि प्रहारले आर्थिक प्रणालीलाई नै चुनौती थप्ने देखिन्छ ।

हेक्का होस् ग्लोबल आईएमई देशकै ठूलो बैंक हो । यो बैंक व्यावसायिक रूपमा सञ्चालनमा आएको १८ वर्ष पूरा भएको बैंक हो । बैंकले हालसम्म ५ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत आवमा ६ अर्ब १४ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको वासलातको आकार ७ खर्ब बढीको छ । बैंकले नाफामात्र गरेको छैन । सरकारलाई अर्बौं रुपैयाँ कर पनि तिरेको छ । देशकै ठुलो बैंक ग्लोबल आईएमई सरल, सहज र बहुउपयोगी बैंकिङ सेवा, राष्ट्रिय प्राथमिकताको क्षेत्रमा लगानी, वित्तीय पहुँच अभिवृद्धिका लागि निरन्तर क्रियाशील छ । बैंकको हाल मुलुकको सातवटै प्रदेशमा गरी ३ सय ५४ वटा शाखा ६८ वटा एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २ सय ३७ वटा शाखारहित बैंकिङ सेवा, ३ सय ८४ वटा एटीएम, विदेशस्थित भारतको नयाँ दिल्ली, संयुक्त अधिराज्य र अस्ट्रेलियामा समेत गरी ३ स्थानमा प्रतिनिधि कार्यालय समेत रहेको छ । व्यावसायिक उतारचढाव र विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थालाई आफूमा समाहित गर्दै बनेको ग्लोबल आईएमई बैंक देशकै ठूलो बैंक हो । सचेत भया ।

615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका