Sticky Breaking News
निजीवन बीमा कम्पनीहरुको व्यवसायमा छलाङ्गः पहिलो शिखर, दोस्रो सगरमाथा लुम्बिनी, तेस्रो सिद्धार्थ प्रिमियर, चौथो आईजीआई प्रुडेन्सीयल इन्स्योरेन्स ।


निर्जीवन बीमा कम्पनीहरुको माघ मसान्त सम्मको चालु आर्थिक अर्ष २०८१/०८२ को व्यवसाय लोभ लाग्दो छ भन्दा अब फरक पर्दैन । निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब २७ करोड ४१ लाख रुपैयाको व्यवसाय गरेको खुलेको छ । चालु आर्थिक वर्ष २०८१।०८२ को माघ मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत आवको सोही अवधिको तुलनामा ७.८० प्रतिशतले बृद्धि भएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब ५१ करोड ६७ लाख रुपैयाँको ब्यवसाय गरेका थिए ।
गत वर्षको तुलनामा नेपाल इन्स्योरेन्स र द ओरियण्टल इन्स्योरेन्सको बीमा ब्यवसाय वृद्धिमा आक्रामक भेटिएको छ ।
चालु आर्थिक वर्षको ७ महिनामा कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच प्रतिस्पर्धा देखिएको छ । यता, गत वर्षको तुलनामा नेपाल इन्स्योरेन्स र द ओरियण्टल इन्स्योरेन्सको बीमा ब्यवसाय वृद्धिमा आक्रामक भेटिएको छ । यस अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको व्यवसाय ८.१६ प्रतिशतले बृद्धि भएर तीन अर्ब १३ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २ अर्ब ८९ करोड रुपैयाँको ब्यवसाय गरेको थियो ।
सगरमाथा लुम्बिनी इन्स्यारेन्सको बीमा व्यवसाय ९.९३ प्रतिशतले बृद्धि भएर दुई अर्ब ९३ करोड रुपैयाँ रहेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७.८२ प्रतिशतले बढेर दुई अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।
सानिमा जिआइसी इन्स्योरेन्सको २.६७ प्रतिशतले बढेर एक अर्ब ३८ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सको ४४ प्रतिशतले बढेर एक अर्ब २५ करोड रुपैयाँ रहेको देखिन्छ ।
साथै, समिक्षा अवधिमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको बीमा व्यवसाय गत आवको तुलनामा ४.५० प्रतिशतले बृद्धि भएर २ अर्ब २ करोड रुपैयाँ रहेको छ । नेको इन्स्योरेन्स पनि ब्यवसाय ४.०६ प्रतिशतले बढेर १ अर्ब ९५ करोड रुपैयाँ पुगेको देखिन्छ ।
गत आवको तुलनामा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ब्यवसाय २.८४ प्रतिशतले बढेर १ अर्ब ९२ करोड, एनएलजि इन्स्योरेन्सको १२.९२ प्रतिशतले बढेर १ अर्ब ६२ करोड, द ओरियन्टलको ४३.६८ प्रतिशतले बढेर १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।
यस्तै, सानिमा जिआइसी इन्स्योरेन्सको २.६७ प्रतिशतले बढेर एक अर्ब ३८ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सको ४४ प्रतिशतले बढेर एक अर्ब २५ करोड रुपैयाँ रहेको देखिन्छ । सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय ३.३८ प्रतिशतले घटेर ९४ करोड रुपैयाँ रहेको छ भने, युनाइटेड अजोड इन्स्योरेन्सको व्यवसाय ८ प्रतिशतले घटेर एक अर्ब ४० करोड रुपैयाँ र प्रभु इन्स्योरेन्सको ५ प्रतिशतले घटेर १ अर्ब र नेशनल इन्स्योरेन्सको ०.१५ प्रतिशतले घटेर ६९ करोडमा सीमित बनेको छ । भन्दा अब फरक पर्दैन । सचेत भया ।