

शिखर इन्स्योरेन्स कम्पनीको आफ्नो २० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको थापाथलीस्थित शिखर बिज सेन्टरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा १० प्रतिशतले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७२० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँबराबरको नगद लाभांश छन्।
सभाले नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र सो कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने तथा संशोधित प्रबन्धपत्र र नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ ।
सभाले गत आर्थिक वर्ष २०८०।८१को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ । चालु आर्थिक वर्ष २०८१।८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।