जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • एन आई सी एशियामाथि सामाजिक सुरक्षा भत्ताको रकम अन्तै प्रयोग गरेको आरोप

एन आई सी एशियामाथि सामाजिक सुरक्षा भत्ताको रकम अन्तै प्रयोग गरेको आरोप

एन आई सी एशिया बैंकले चारमहिनादेखि सामाजिक सुरक्षा भत्ता नदिएको पाइएको छ । रौतहटको गुजरा नगरपालिकामा रहेको एन आई सी एशिया बैंकको शाखामा नगरपालिकाले ४ महिना अगाडी लाभग्राहीहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नको लागि भन्दै ६ करोड रुपैयाँ बैंकमा पठाएको थियो । पालिकाका प्रवक्ता रामजीत चौधरीले गत मङ्सिर ११ गते पालिकाले ६ करोड रुपैयाँ बैंकमा पठाएको बताउँछन् ।

चौधरीले सामाजिक सुरक्षा भत्ता वितरण गर्नको लागि भनेर ६ करोड रुपैयाँ पठाएको तर अहिलेसम्म पनि वितरण नभएको बताए । बैंकले ८ हजार लाभग्राहीको सामाजिक सुरक्षा भत्ता वितरण नगरेको पालिकाकाे आराेप छ । पालिकाले पटक पटक भत्ता किन वितरण नगरेको भनेर सोधेको थियो ।

उनले भने, “विभिन्न कारणले गुजरा नगरपालिकाका सेवाग्राहीहरूको खाता फ्रिज रहेकोले ग्राहक पहिचान (केवाइसी) नभएसम्म भत्ताको पैसा रोक्ने धारणा थियो । हामीले केन्द्रीय कार्यालयबाट मान्छे बोलाउनुस् भनको थियौं । हामी तल्लो तहको कर्मचारी हो हामीलाई भनेर हुँदैन भन्यो ।”

३/३ महिनामा नगरपालिकाले पैसा पठाए पनि बैंकले विभिन्न बाहानामा पैसा रोकेको आरोप प्रवक्ता चौधरीको छ । चौधरीले भने, “सामाजिक सुरक्षा भत्ता वापतको पैसा अन्य खर्च गरेर हामीलाई आँखोमा छारो हाल्न खोजेको हो ? भनेको थियौं । हिजो केन्द्रीय कार्यालयबाट कर्मचारी आएर भत्ता बाँड्ने कुरा भएको छ ।”

बैंकका शाखा प्रबन्धक सद्दाम प्रवेजले रि केवाईसी नभएका कारण भत्ता वितरण गर्न नसकेको दाबी गरे । उनले भने, “हामीले पटक पटक नगरपालिका, वडालाई रि केवाईसी भर्न भनेपनि त्यो नभएका कारण रोकिएको हो । सबैलाई एकमुष्टरुपमा पठाउने भएपछि केवाइसी भएकाहरूलाई पनि नपठाएको हो । हिजो नगरपालिकामा छलफल भइसकेको छ । त्यहि अनुसार हामी गर्छौँ ।”

छलफलपछि तत्कालका लागि विपन्न वर्गलाई वितरण गर्ने सहमति बनेको उनको भनाई छ । पालिका भने बैँकको शैलीबाट सशंकित बनेको छ । प्रवक्ता चौधरीले पालिकाबाट सामाजिक सुरक्षाका लागि पठाएकाे रकम अन्तै प्रयाेग गरेकाे आशंका व्यक्त गरेका छन् ।

250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?