

सिद्धार्थ बैंक लिमिटेडले फोनपे र एफ१ सफ्टसँगको सहकार्यमा ‘टपअप/फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ भन्ने अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकले आकर्षक उपहार जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आईफोन–१६ प्राप्त गर्न सक्नेछन् ।
यस अभियानको मुख्य उद्देश्य डिजिटल कारोबार प्रवर्द्धन गर्दै बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग बढाउने हो । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकलाई सजिलो, सुरक्षित र आधुनिक बैंकिङ सेवाको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
अभियानमा सहभागी हुन ग्राहकले सिद्धार्थ बैंक मोबाइल स्मार्ट एक्सपी मोबाइल बैंकिङ एपमार्फत कम्तीमा १ सय रुपैयाँको मोबाइल टपअप र कम्तीमा ५ सय रुपैयाँको फोनपे डाइरेक्ट कारोबार गर्नुपर्ने छ । यी कारोबार पूरा गर्ने ग्राहक साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्नेछन् ।
अभियान अन्तर्गत हरेक साता १ सय जना विजेताले १ सयको मोबाइल टपअप प्राप्त गर्नेछन् । त्यसैगरी अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई नयाँ आईफोन–१६ प्रदान गरिने बैंकले जनाएको छ । यो अभियान १ देखि ३१ चैतसम्म सञ्चालन हुनेछ ।
सिद्धार्थ बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई यस अभियानमा सहभागी भई रोमाञ्चक उपहार जित्ने अवसर लिन अनुरोध गरेको छ । थप जानकारीका लागि नजिकको सिटिजन्स बैंकको शाखामा सम्पर्क गर्न वा बैंकको औपचारिक वेबसाइट तथा सामाजिक सञ्जाल पेजहरू हेर्न सकिने छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ उपाधि प्राप्त गर्न सफल बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।