Sticky Breaking News
एमालेले प्राधिकरणको सिइओसंग गभर्नर साटेपछि कांग्रेसको कोटाबाट ढुंगाना गभर्नर बन्ने पक्का पक्की !


सरकारले अर्थमन्त्री विष्णु प्रसाद पौड्यालको नेतृत्वमा गभर्नर सिफारिस समिति बनाएसँगै यहि महिना भित्रै राष्ट्र बैंकले गभर्नर पाउने पक्का पक्की भएको छ भन्दा अब फरक पर्दैन । समाचार स्रोतका अनुसार गभर्नर सिफारिस समितिले राष्ट्र बैंककी डिपुटी गभर्नर नीलम ढुंगाना (तिम्सीना) प्रभु बैंकका सिइओ अशोक शेरचन र बैंकर एवं राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद ढुंगानाको नाम गभर्नरमा सिफारिस गर्ने छ भन्दा अब फरक पर्दैन । यि तीन जना मध्ये कांग्रेसको कोटाबाट भेन्ट्रान बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगानालाई सरकारले गभर्नर बनाउने प्रायः निश्चित रहेको उच्च स्रोतको दाबी छ ।
भनिन्छ एमालेले नेपाल विद्युत प्राधिकरणको सिइओ र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सिइओ लिने र कांग्रेसले गभर्नर लिने प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भित्री सहमती भएको छ । यतिबेला देशको केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट्रको गभर्नर को बन्ला ? भन्ने विषय चासोको रुपमा हेरिएको छ । भन्दा फरक पर्दैन । गभर्नर नियुक्ति सिफारिस गर्न उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सिफारिस समिति गठन भइसकेको छ । मन्त्रिपरिषद्को बैठकले समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेललाई सदस्य चयन गरेको छ ।
एक डेपुटी गभर्नरसहित राष्ट्र बैंक ऐनले तोकेबमोजिम योग्यता पुगेका थप दुई सम्भावितसहित तीन जना आकांक्षीहरूको नाम समितिले मन्त्रिपरिषदमा पठाउनुपर्नेछ । यता मन्त्रिपरिषद्को बैठकले गत साता दुई महत्वपूर्ण नियुक्तिको निर्णय लिएको छ ।
दुवै एमाले कोटाबाट नियुक्त भएको देखिन्छ । शाक्य एमालेनिकट मात्र नभइ प्रधानमन्त्री केपी शर्मा ओलीसँगै विशेष सम्बन्ध भएका मानिन्छन् ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई ल्याएको छ भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नारदकुमार लुइँटेल नियुक्त गरेको छ । यि दुवै एमाले कोटाबाट नियुक्त भएको देखिन्छ । शाक्य एमालेनिकट मात्र नभइ प्रधानमन्त्री केपी शर्मा ओलीसँगै विशेष सम्बन्ध भएका मानिन्छन् । यसअघि पनि ओलीले नै २०७७ सालमा उनलाई कार्यकारी निर्देशक बनाएका थिए । अहिले कांग्रेस मन्त्रीले नै सम्हालेको मन्त्रालयमातहत पर्ने र निकै ठूलो स्रोतसाधन भएको संस्थाको प्रमुख कार्यकारी पद एमालेको भागमा पर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यहि महिनाको अन्तिम साता नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त हुँदै छ । हालका गभर्नर महाप्रसाद अधिकारी चैत २५ बाट कार्यकाल सकेर बिदा हुँदै छन् ।
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा एमाले कोटाबाट सन्तोषनारायण श्रेष्ठ नियुक्त हुँदा नेपाल बीमा प्राधिकरणको अध्यक्षमा कांग्रेस कोटाबाट शरद ओझाले मौका पाएका छन्।
गत सोमबार भएका दुवै नियुक्ति एमालेले पाउँदा अब गभर्नर कांग्रेसले पाउने आधार बन्दै गएको छ । यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्षमा एमाले कोटाबाट सन्तोषनारायण श्रेष्ठ नियुक्त हुँदा नेपाल बीमा प्राधिकरणको अध्यक्षमा कांग्रेस कोटाबाट शरद ओझाले मौका पाएका छन्। त्यसैले पनि अब विद्युत प्राधिकरणको कार्यकारी निर्देशक एमालेले पाइसकेपछि गभर्नर कांग्रेसले पाउने कांग्रेसका एक उच्च नेताले पंक्तिकारसंग दाबी गरे ।
को हुन ज्ञानेन्द्र प्रसाद ढुंगाना ?
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ज्ञानेन्द्र ढुंगाना पनि गभर्नरको दौडमा छन् । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि विभिन्न व्यक्तिबीच लबिङ र प्रतिस्पर्धा चलिरहँदा सीईओ ढुंगानाले सोमबार मात्रै नबिल बैंकको सीईओबाट राजीनामा दिएका थिए । बोर्डले राजिनाका स्वीकृत समेत गरेको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मजिल्ला तेह्रथुम स्थायी घर भएका ज्ञानेन्द्र प्रसाद ढुंगाना कांग्रेसको संस्थापन पक्षसँग नजिक छन् । ज्ञानेन्द्रका दाई गोविन्द ढुंगानाले देउवालाई कांग्रेस पार्टी फुटाउँदा पनि सहयोग गरेका थिए । देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसका तेह्रथुम जिल्लाका सभापतिसमेत रहेका गोविन्द पछि पार्टी मिलेपछि पनि सभापति बने । कांग्रेस पृष्ठभूमिका ढुंगानाको देउवासँगै दोस्रो तहका नेताहरुसँग पनि राम्रो सम्बन्ध छ । ढुंगाना कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका अर्बपति विनोद चौधरीको ठूलो लगानी रहेको नबिल बैंकको सीईओ पनि भईसकेका व्यक्ति हुन् भन्दा फरक पर्दैन ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मजिल्ला तेह्रथुम स्थायी घर भएका ज्ञानेन्द्र प्रसाद ढुंगाना कांग्रेसको संस्थापन पक्षसँग नजिक छन् ।
नेपाल बैंकर्स संघको अध्यक्ष भएर काम गरिसकेका ढुंगाना २०४१ सालको एसएलसीमा तेह्रथुम जिल्ला फस्ट भएका थिए । काठमाडौं आएर कमर्श पढ्न थालेका उनी बीकम पास गरेपछि चाटर्ड एकाउन्टेन्सी पढ्न भारत गए । भारतबाट चार्डर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी नेपाल आएका उनले सन् १९९४ मा बैंक अफ काठमाण्डूबाट करिअर सुरु गरे । ढुंगानाले अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।
बढुवा भएर निर्देशक बनेका उनले राष्ट्र बैंकको जागिरबाट राजीनामा दिएर सन् २०१२ मा एनसीसी बैंकको महाप्रबन्धकको नियुक्ति लिए । पछि उनले एनबी बैंकको सीईओ भएर पनि काम गरे ।
उनले सन् २००१ मा राष्ट्र बैंकमा नाम निकाले । राष्ट्र बैंकको विभिन्न विभागमा बसेर १० वर्ष काम गरेका ढुंगानाले सो क्रममा विदेश गएर पढ्ने अवसर पनि पाए । बढुवा भएर निर्देशक बनेका उनले राष्ट्र बैंकको जागिरबाट राजीनामा दिएर सन् २०१२ मा एनसीसी बैंकको महाप्रबन्धकको नियुक्ति लिए । पछि उनले एनबी बैंकको सीईओ भएर पनि काम गरे । डा. चिरञ्जीवी नेपाल गभर्नर नियुक्त हुने बेलामा ढुंगानाको नाम पनि गभर्नरमा चर्चामा आएको थियो । तर, त्यो प्रयास सफल भएन । अहिले पनि ढुंगानाको नाम गभर्नरका लागि चर्चामा छ । राष्ट्र बैंकमा काम गरेको अनुभव, निजी क्षेत्रले प्रवद्र्धन गरेको बैंकको सीईओ भएर काम गरेको अनुभव र कांग्रेस पृष्ठभूमिका ढुंगाना कांग्रेसको कोटामा गभर्नर परेमा निकै बलिया दाबेदार हुन् ।
कस्तो छ गभर्नर छनोटः विधि र प्रक्रिया ?
गभर्नर छनोट समिति अर्थमन्त्रीको संयोजकत्वमा बन्छ । समितिमा राष्ट्र बैंकका एक पूर्वगभर्नर र एक विज्ञ सदस्य हुन्छन् । सामान्यतयाः गभर्नरको कार्यकाल सकिन १ महिनाअघि नै सिफारिस समिति बन्छ । राष्ट्र बैंक ऐनमा त स्पष्टै सामान्यताः एक महिना अगावै गभर्नर नियुक्त गरी सोको सार्वजनिक सूचना प्रकाशन गरिसक्ने उल्लेख छ । तर, पछिल्लो समय अन्तिम घडीमा मात्र गभर्नर नियुक्त गर्ने परम्परा बसेको छ ।
ऐनमा के छ ?
गभर्नरको नियुक्तिः (१) नेपाल सरकार, मन्त्रिपरिषद्ले उपदफा (२) बमोजिम गठन भएको सिफारिस समितिको सिफारिसको आधारमा गभर्नरको नियुक्ति गर्नेछ ।
(२) नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको नियुक्ति गर्न देहाय बमोजिम सिफारिस समितिको गठन गर्नेछः– (क) अर्थ मन्त्री – अध्यक्ष, (ख) पूर्व गभर्नरहरुमध्येबाट एकजना – सदस्य, (ग) आर्थिक, मौद्रिक,बैंकिङ , वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट नेपाल सरकारले तोकेको एकजना व्यक्ति – सदस्य,
(३) उपदफा (२) बमोजिम गठन भएको समितिले गभर्नरको नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरहरुमध्येबाट तीनजनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।,
(४) नेपाल सरकार, मन्त्रिपरिषद्ले उपदफा (३) बमोजिम सिफारिस भएका नाममध्येबाट एकजनालाई गभर्नर पदमा नियुक्त गर्नेछ ।
गभर्नरको काम, कर्तव्य र अधिकारः
(१) गभर्नरको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः– (क) समितिले गरेका निर्णयहरु कार्यान्वयन गर्ने । (ख) बैंकको सञ्चालन तथा व्यवस्थापन गर्ने । (ग) बैंकले गर्नु पर्ने कार्यहरु व्यवस्थित गर्ने । (घ) अन्तर्राष्ट्रिय सङ्घ, संस्थामा बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने, गराउने । (ङ) मौद्रिक तथा विदेशी विनिमय सम्बन्धी नीति कार्यान्वयन गर्ने÷गराउने । (च) वाणिज्य बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप तथा कर्जाको ब्याज दर सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने । (छ) वाणिज्य बैंक तथा वित्तीय संस्थाले कर्जा वा निक्षेपमा लिने वा दिने ब्याज दर सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने । (ज) वाणिज्य बैंक तथा वित्तीय संस्थाले कायम गर्नु पर्ने तरलता सम्बन्धी नीति निर्माण गर्ने । (झ) वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले राख्नु पर्ने अनिवार्य मौज्दातको आधार, रकम, तरिका, शर्त, समयावधि तथा सोको प्रयोगका बारे आवश्यक व्यवस्था गर्ने । (ञ) वाणिज्य बैंक तथा वित्तीय संस्थाको पूँजी कोषको पर्याप्तता सम्बन्धी शर्त निर्धारण गर्ने । (ट) सुन तथा अन्य बहुमूल्य धातुको खरिद बिक्री गर्दा अपनाउनु पर्ने प्रक्रिया र शर्तको सम्बन्धमा निर्णय गर्ने । (ठ) बैंकले प्रदान गर्ने सेवामा सेवा शुल्क निर्धारण गर्ने । (ड) आवश्यकता अनुरुप बैंकका शाखा कार्यालय तथा अन्य कार्यालय स्थापना र बन्द गर्ने निर्णय गर्ने । (ढ) बैंकको एजेन्सी स्थापना गर्ने र बन्द गर्ने । (ण) बैंकको सूचना प्रणालीको विकास र सञ्चालन सम्बन्धमा आवश्यक व्यवस्था गर्ने । (त) वाणिज्य बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने । (थ) वाणिज्य बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिएको इजाजतपत्र रद्द गर्ने सम्बन्धमा निर्णय गर्ने । (द) सञ्चालक समितिद्वारा प्रत्यायोजित अधिकारको अधीनमा रही अन्य विषयमा निर्णय गर्ने ।
(२)अन्तर्राष्ट्रिय मान्यता अनुरुप केन्द्रीय बैंकका गभर्नरले प्रयोग गर्नु पर्ने अधिकार गभर्नरमा अन्तर्निहित हुनेछ । सचेत भया ।